साप्ताहिक संवाददाता
जेष्ठ १७, २०७६
महिला टेनिसको विश्व वरियताक्रममा चौथो नम्बरसम्म पुगेकी युक्रेनकी एलिना स्भितोलिना आफ्नो प्रेमी मोफिल्ससँगको डकुमेन्ट्री बनाउन चाहन्छिन् । अस्ट्रेलियन ओपनका बेला एलिनासँग पहिलो पटक भेट भएका मोफिल्स फ्रान्सका पुरुष टेनिस खेलाडी हुन् । एलिना मोफिल्ससँगको पहिलो भेट कहिल्लै बिर्सन सक्दिनन् ।
मोफिल्ससँग भएको उक्त भेटका क्रममा धेरैले उनीहरूका तस्बिर खिचेका थिए, तर ती तस्बिर अहिले कोसँग छ र त्यसलाई खरिद गर्न कति रकम खर्च गर्नुपर्ने हो, एलिनालाई थाहा छैन, जसका कारण उनी मोफिल्ससँगको आफ्नो प्रेमको डकुमेन्ट्री बनाउन चाहन्छिन् ।
एलिनाको प्रेम मोफिल्सभन्दा अघि इंग्ल्यान्डका क्रिकेटर रिसे टप्लेसँग पनि थियो । दुवैको खेल अलग–अलग भएका कारण र भौगोलिक रूपमा पनि टाढा बस्नुपरेका कारण उनीहरूको डेटिङ लामो समय चल्न सकेन ।