पाँचौं विश्वकप क्रिकेट अष्ट्रेलिया र न्यूजील्याण्डले सन् १९९२ को फेब्रुअरी २२ देखि मार्च २५ सम्म आयोजना गरेको थियो । यो विश्वकपलाई बेन्सन एण्ड हेजेज नामक चुरोट उत्पादक कम्पनीले प्रायोजन गरेका कारण यो विश्वकपलाई बेन्सन एन्ड हेजेज विश्वकप नाम दिइएको थियो ।
अस्ट्रेलियाको मौसमका कारण नियमित रूपमा आयोजना हुने समयभन्दा केही ढिलो प्रारम्भ भएको यो विश्वकपमा ९ टोली सहभागी भएका थिए भने कूल ३९ खेलहरु भएका थिए । सहभागी सबै टोलीलाई एउटै समूहमा राखी पूर्ण रुपमा राउण्ड रोबिनमा खेलाइएको थियो । यो विश्वकपमा न्यूजील्याण्डका मार्टिन क्रोले सर्वाधिक ४ सय ५६ रन बनाएर प्लेयर अफ द सिरिज घोषित भएका थिए भने पाकिस्तानका वसिम अक्रमले सर्वाधिक १८ विकेट लिएका थिए । यसै विश्वकप देखि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्लेयर अफ द सिरिज दिने घोषणा गरिएको थियो । यो विश्वकप यस कारण पनि महत्वपूर्ण मानिन्छ कि यसै विश्वकपदेखि रङ्गभेद नीतिका कारण प्रतिबन्धमा पर्दै आएको दक्षिण अफ्रिकाले पहिलो पटक पूर्ण सदस्यका रुपमा विश्वकपमा सहभागिता जनाएको थियो । उता जिम्बाबे सन् १९९० को आईसीसी ट्रफी विजेताका रुपमा सहभागि हुन पाएको थियो ।
यसै विश्वकपदेखि पहिलो पटक रङ्गिन पहिरनका साथै सेतो बलले खेलाइएको थियो भने पिचको पृष्ठभूमिमा पर्ने गरि कालो स्क्रिनको व्यवस्था समेत गरिएको थियो । पहिलो पटक दक्षिणी गोलाद्र्धमा आयोजित यो विश्वकपका धेरै खेलहरु दिवा–रात्रिमा खेलाइएको थियो । यसै विश्वकपदेखि वर्षाले खेललाई वाधा पु¥याएमा पछि ब्याटिङ्ग गर्ने टिमलाई फाईदा हुने विश्वास गरिएको डकवर्थ लुइस नियमको व्यवस्था गरिएको थियो । तर यसै नियमले सेमी फाइनलमा पछि ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ठूलो घाटा बेहोर्नुप¥यो । यसै विश्वकपदेखिसेमी फाइनल र फाइनल खेलका लागि म्याच रेफ्रीको व्यवस्था गरिएको थियो ।
यो विश्वकपमा सह–आयोजक न्यूजील्याण्ड आश्चर्यजनक टोली साबित भयो । न्यूजिल्यान्डले समूह चरणका सात खेल नै जितेर शिर्ष स्थानमा रही सेमी फाइनलमा प्रवेश ग¥यो । अर्को सहआयोजक अष्ट्रेलियाले शुरुवाती दुई खेल गुमाएका कारण सेमिफाइनल खेल्न सकेन । क्रिकेट खेलमा पुनरागमन जनाएको दक्षिण अफ्रिकाले पहिलो खेलमै अष्ट्रेलियामाथि विजय प्राप्त ग¥यो । यो विश्वकपको समूह चरणमा र सेमी फाइनलमा गरी न्यूजील्याण्ड पाकिस्तानसँग दुई पटक पराजित भएको थियो ।
२८ फेब्रुअरीमा भारत र श्रीलंका बीचको खेल वर्षाले प्रभावित भएपछि खेललाई २० ओभरमा घटाइएको थियो भने पिच सुकाउन हेलिकप्टरको प्रयोग गर्नु परेको थियो । प्रतियोगिताभरि नौवटा खेलहरु वर्षाका कारणले प्रभावित हुँदा ओभर घटाउनु परेको वा नतिजाविहीन भएको थियो ।
उच्च स्कोरको सेमी फाइनलमा पाकिस्तानले न्यूजील्याण्डलाई ४ विकेटले पराजित ग¥यो भने दोश्रो सेमी फाइनलमा केवल १० मिनेट खेल रोकिन जाँदा दक्षिण अफ्रिकालाई १३ बलमा २२ रन बनाए पुग्नेमा डकवर्थ लुइस नियमका कारण अन्ततः एक बलमा असम्भव प्रायः २१ रन बनाउनु पर्ने स्थिति देखा पर्दा उसले पराजय बेहोर्नुप¥यो । उक्त खेलमा ईंगल्याण्डले दक्षिण अफ्रिकालाई २० रनले हरायो । समूह चरणको एक खेलमा वर्षाकै कारण पाकिस्तानले इंग्ल्याण्डसँग अंक खोस्न सफल भएका कारण पाकिस्तान सेमी फाइनलमा पुग्न सफल भएको थियो । उक्त खेलमा पहिलो ईनिङमा केवल ७४ रनमा पाकिस्तान अल आउट भएपछि जवाफमा इंग्ल्याण्डले ८ ओभरमै एक विकेट गुमाएर २४ रन बनाएको स्थितिमा खेल वर्षाले अवरुद्ध हुन पुग्दा खेल नतिजाविहीन हुन पुगेको थियो ।
करिब ८७ हजार क्षमताको मेलबर्न क्रिकेट ग्राउण्डमा भएको रोमाञ्चक फाइनल खेलमा ईंगल्याण्डका डेरेक प्रिङ्गलले शुरुवाती दुई विकेट लिए पनि इमरान खान र जावेद मियाँदादको जोडीले १ सय ३९ रनको उत्कृष्ट साझेदारी गरेपछि पाकिस्तानले २ सय ४९ बनायो । ग्राहम गुचले १६ औं ओभरमा ९ रनको स्थितिमा रहेका इमरान खानको क्याच छुटाउनु महँगो साबित भयो । इमरान खानले म्याच विनिङ्ग ७२ रनको योगदान दिए ।
इयान बोथम शुन्यमा आउट भएसँगै लड्खडाएको ईंगल्याण्डले मुस्ताक अहमद र वासिम अक्रमको धारिलो बलिङ्गका बावजूद एक समय निल फेयरब्रदर र एलन ल्याम्बले खेललाई १ सय ४१÷४ को स्थितीमा पु¥याएका थिए । ३५ औं ओभरमा वासिम अक्रमले लगातार एलन ल्याम्ब र क्रिस लेविसलाई आउट गरेपछि इंग्ल्याण्ड सम्हालिन पाएन । यसरी पाकिस्तानले ईंगल्याण्डलाई २२ रनले पराजित ग¥यो । त्यसबेला अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका पाकिस्तानका इमरान खानले त्यहाँका राष्ट्रपतिको अनुरोधमा विश्वकप खेलेर आफ्नो राष्ट्रलाई विश्वकप दिलाउन महत्वपूर्ण भूमिका दिलाएका थिए । तिनै इमरान खान अहिले पाकिस्तानका प्रधानमन्त्री छन् ।