स्वर्गीय राजा विरेन्द्र बीरबिक्रम शाहसहित परिवारकै बंश नाश भएको १८ बर्ष पुरा भएको सम्झनामा हङकङमा ‘स्व राजा विरेन्द्र स्मृति साँझ’ को आयोजना गरियो । कार्यक्रममा राजा विरेन्द्रको सम्झनामा स्थानिय कलाकार तथा ब्याण्डहरु रक मेन्टल नेपाल, दिब्य दृष्टि ब्याण्ड, सञ्जिव गुरुङ, पवन राई, सुविद पुन लगायतलले आफ्ना संगितहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रम डेनिस गुरुङले आयोजना गरेका हुन् । ‘युवा पुस्तामाझ हाम्रो ईतिहासलाई सम्झाउन पनि यस्ता कार्यक्रमहरुले महत्वपुर्ण योगदान दिन्छ । हामी संगितमा लागेका छौ, संगित मार्फत हाम्रो ऐतिहासिकता संरक्षणमा योगदान दिन चाहन्छौ’, उनले भने ।
२०२८ सालमा बुबा महेन्द्रको निधन पछि राजा बनेको विरेन्द्र दशौं शाहबंशीय राजा हुन् । राजा विरेन्द्रकै कालखण्डमा २०३७ सालमा जनमत संग्रह र जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्र आएको थियो । शान्तिवादी राजाको रुपमा आफ्नो पहिचान बनाएका उनको २०५८ जेठ १९ का दिन वंशनास हुने गरि नारायणहिटी दरवारमा हत्या गरिएको थियो । हत्यामा राजा विरेन्द्रसहित युवराज दिपेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रृति, अधिराजकुमार निराजनको हत्या भएको हो ।
हत्याको सत्यतथ्य पत्ता लगाउनका लागि गठन भएका समिती र छानविन प्रतिवेदनले समेत हत्याकाण्डको रहस्यदोघाटन गर्न सकेको छैन ।