पोखराको लेकसाइडस्थित स्ट्रिट नम्बर–६ मा छ— होटल क्राउन हिमालयज । विगत ९ वर्षदेखि सञ्चालित यो होटलले त्यहाँ पुग्ने जो–कोहीको मन जितिरहेको छ । यहाँ डिलक्स र स्विट गरी ३८ वटा कोठा उपलब्ध छन् जसमा एक रात गुजारेको ३ हजारदेखि ५ हजार ५ सयसम्म शुल्क लाग्छ । शान्त वातावरणमा अवस्थित यो होटलको आफ्नै रेस्टुराँ पनि छ ।
रेस्टुराँमा पाइने परिकारको स्वादले समेत त्यहाँ पुग्नेहरूलाई लोभ्याउँछ । ७ रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा एउटा ठूलो आकर्षक बगैंचा छ । पर्याप्त पार्किङको सुविधाका कारण सवारी साधन लिएर होटलमा पुग्नेहरूलाई सहजता हुन्छ । यो होटलबाट हिमाल अवलोकन गर्न पाइन्छ भने होटलबाट नजिकैको दूरीमा फेवाताल छ ।
क्राउन हिमालयजले पोखरा घुम्न पुग्नेहरूलाई पर्यटकीय स्थलहरू अवलोकन गर्ने व्यवस्थासमेत मिलाइदिन्छ । त्यसका लागि आवश्यकताअनुसारका विभिन्न प्याकेज उपलब्ध छन् । फेवातालमा बोटिङ, हाइकिङ, बिबिक्यु, स्पा, साइड सिन, सनराइज तथा सिटी टुर, बसपार्क अथवा एयरपोर्टबाट लाने–ल्याउने व्यवस्थासमेत होटलले उपलब्ध गराउँछ ।