• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
मिडियामा सार्वजनिक हुँदै विष्णु माझी !
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी ज्ञवाली

मिडियामा सार्वजनिक हुँदै विष्णु माझी !
असार २, २०७६
काठमाडौं

नेपालकी सर्वाधिक लोकप्रिय तथा महंगी गायिका विष्णु माझी मिडियामा सार्वजनिक हुने भएकी छिन् । हालै उनि निकटका केहि व्यक्तिहरुका अनुसार माझीले र उनका श्रीमान सुन्दरमणी अधिकारीले चाडैँ मिडियामा आउने संकेत गरेको बताएका छन् ।

नाम नखुलाउने सर्तमा निकट श्रोतले भन्यो, ‘अति धेरै आलोचना र अनावश्यक हल्ला फैलिने क्रम बढेपछि उनिहरुले मिडियामा आउने सोच बनाएको जस्तो देखिन्छ ।’ सुन्दरमणी फ्याट्टफुट्ट देखिएपनि विष्णु माझी भने १० बर्षदेखि मिडियामा सार्वजनिक भएकी छैनन् । निरन्तर प्रहरी, सुभचिन्तक र फ्यानहरुले चासो दिन थालेपछि उनिहरु मिडियामा आउने सोच बनाएको बुझिएको छ । निकट व्यक्तीका अनुसार माझी दम्पत्ती डेढ देखि २ बर्षभित्र मिडियामा आउने पक्का पक्की छ ।

सुन्दरमणी अधिकारी नजिकका एक कलाकार भन्छन्, ‘अझैं २ बर्ष केहि योजनामा रहेको बुझें, त्यसपछि अन्य कलाकारहरु जस्तै खुल्लम–खुल्ला हिड्ने योजना छ ।’ केहि महिनाअघि कान्तिपुरले माझी गुमनाम रहेको समाचार प्रकाशित गरेपछि स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनमा एसपी राजकुमार लम्सालको सक्रियतामा माझी दम्पतीलाई जिल्ला प्रहरी कार्यालय आएका थिए । विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सँगै आएकी थिइन् ।

कतिपय सञ्चारमाध्यमले सुन्दरमणिले विष्णु माझीलाई बन्धक बनाएको आशङ्का गरेका थिए, त्यतिबेला उनिहरुले आफुहरु खुसीसाथ गुमनाम जिवन विताएको बताएका थिए । जिल्ला प्रहरी कार्यालयका एक अधिकारी भन्छन्, उनिहरुको अन्तरजातिय विवाह भएको थियो, त्यो छुटाउन खोजिएकाले गुमनाम हुनुपरेको हो सुन्दरमणीले भनेका छन् । सामान्य लेखपढ गरेकी माझी बोल्न तथा लेख्न र पढ्न समेत नजान्ने भएकाले सबै मैले हेरिरहेको छु, ति अधिकारीले सुन्दरमणीको भनाइ उद्धृत गर्दै भने, ‘बाहिर फेस गर्न नसक्ने भएकाले म उनलाई एक्लै कतै पठाइनँ ।’ अहिले उनिहरुले मिडियामा कुनै किसिमको जवाफ दिन आवश्यक नभएको बताएका छन् ।

बढ्यो पारिश्रमिक, एउटा गीतको १ लाख

दुई महिनाअघि गायिका माझीको पारिश्रमिक ५० हजार थियो । तर, अहिले उनको पारिश्रमिक १ लाख पुगेको छ । उनको आवाजमा गीत रेकर्ड गराउनुपरे कम्तीमा १ लाख तयार नभएसम्म असम्भब छ । माझीका धेरै गीत रेकर्ड गराउने एक गायक भन्छन्, ‘हरेक कुराको डिमाण्ड अनुसार उक्त कुराको भ्यालु बढ्ने हो, त्यस्तै किसिमले उहाँको पारिश्रमिक बढेको बढ्यै छ ।’

जहाँ गएपनि ट्याक्सी

विष्णु माझी काम विशेषले नेपालका कुनै पनि जिल्ला पुग्दा ट्याक्सीनै लिएर जाने गरेको पाइएको छ । उनिहरु निकट एक व्यक्ती भन्छन्, ‘सार्वजनिक रुपमा हिड्दा अरुले देख्ने भएकाले ट्याक्सी लिएर जानुपरेको हो जस्तो लाग्छ ।’ माझी दम्पत्ती बस र जहाज सायदै चढेका छन् । बसमा पनि धेरैले चिन्ने र जहाजमा पनि चिन्न सक्ने सम्भावना देखेकाले उनिहरुले ट्याक्सी लिएर हिड्ने गरेका हुन् । नेपाल तथा विदेशका हरेक कार्यक्रममा विष्णु माझीलाई बोलाउने गरिएपनि माझीले स्टेज चढेकी छैनन् । बुटवलमा भएको एउटा कार्यक्रममा स्टेज चढेपछि उनले अहिलेसम्म कुनै कार्यक्रममा सहभागी भएकी छैनन । माझीले गीत गाएपछि स्टुडियो बाहिर तयार भएको ट्याक्सीमा आफ्नो गन्त्व्यमा लाग्ने गरेको भेटिएको छ । बुझिए अनुसार उनलाई आवत–जावतका लागी छुट्टै ट्याक्सीको ब्यवस्था छ ।

रेकर्डिष्टसँग समेत बोल्दिनन् !

कुनै पनि गायक–गायिकाले गीत रेकर्ड गर्ने बेलामा बोल्नै पर्ने एक व्यक्ती हुन्, रेकर्डिष्ट । तर, गायिका माझिको अचम्मको स्वभाव छ । अरु गायक–गायिकाले जस्तो रेकर्डिङ स्टुडियो पसेर सिसा अगाडि प्रत्यक्ष देखिएर गीत रेकर्ड गराउने स्वभाव छैन । सरासर स्टुडियो पस्छिन् । स्टुडियो पसेपछि कुनै पर्दाले सिसा छोपिदिनुपर्छ । गित रेकर्ड हुनासाथ रेकर्डिङ स्टुडियो भित्रै पैसा बुझ्ने र सुटुक्क घर लाग्ने स्वभाव छ । कहिलेकाहि दुई–तिनपटक गीत रि–रेकर्ड गर्नुपरे रिक्वेष्ट गरेपछि मान्छिन् तर घर गएपछि सोहि गीतका लागी फर्कने चलन छैन, एक रेकर्डिष्ट भन्छन्, ‘जति सकिन्छ तुरुन्तै भन्न सकियो भने ठिक छ नत्र मिलाएर काम गर्नुपर्छ ।’ माझीले कतिसम्म भने रेकर्डिष्ट मात्रै होइन, रेकर्डिङ स्टुडियोका मालिक, नेपाली लोक दोहोरी क्षेत्रका प्रतिष्ठित कलाकारहरु कसैसँग पनि बोल्ने चलन छैन । उनले नजिकबाट चिनेकाहरु भेटिएपनि उनले नवोल्ने गरेको पाइएको छ ।

कालो पछ्यौरीसँग लुकामारी

गायिका माझीलाई मन पर्ने पहिरन कालो हो । उनले अधिकांश समय कालो पहिरनमा हिड्ने गरेको पाइन्छ । रातो अथवा कालो रंगको लुङ्गी र त्यसमाथि कालो रंगको ओभर कोट, मास्क, कालो पछ्यौरी माझीलाई मन पर्ने डे«स हुन् । स्टुडियो देखि बाहिर हिड्दा समेत उनि निकै लुकेर हिड्ने गरेकी छिन्, कालो पछ्यौरीले पुरै टाउको छोपेर हिड्ने गरेकी छिन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik