साप्ताहिक संवाददाता
कथाकार विश्वराज अधिकारी आप्नो पुस्तकका साथमा बजारमा आएका छन् । उनको हालै नयाँ कथा संग्रह ‘नलेखिएका कथा’ सार्वजनिक भएको छ ।
यसैसाता समकालीन साहित्य प्रतिष्ठान, बेलायत, नेपाल सम्पर्क कार्यालयद्वारा आयोजित एक कार्यक्रममा प्राज्ञ तथा कथाकार माया ठकुरीले उक्त कथा संग्रह सार्वजनिक गरिन् ।
प्रमुख अतिथि प्राज्ञ ठकुरीले विश्वराज अधिकारीको कथाहरूमा प्रेम भएको उल्लेख गर्दै सिर्जनामा प्रेम प्रस्तुत हुनु भनेको समाज र जीवन हुनु हो भनिन् ।
कार्यक्रममा समीक्षात्मक टिप्पणी गर्दै प्रा.डा. लक्ष्मणप्रसाद गौतमले पुस्तकमा पूर्वीय वाङमयका कतिपय सन्दर्भ भेटिने उल्लेख गर्दै लेखकका आगामी कथा अझै अब्बल आउने आशा गरे ।
साहित्यकार श्रीओम रोदनको सभापतित्वमा सम्पन्न कार्यक्रममा कथाकार पद्मावती सिंह, डा. दीनबन्धु शर्मा, डा. लेखप्रसाद निरौला, विश्वराज अधिकारी, रत्नावली शर्मालगायतले बोलेका थिए ।