साप्ताहिक संवाददाता
असार ८, २०७६
काठमाडौं
राष्ट्रियसभा सदस्य तथा गायिका कोमल वलीले पशुपति क्षेत्रमा गाँजा खान पाउनुपर्ने माग गरेकी छिन् । बिहीबार संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले पशुपति क्षेत्रमा गाँजा प्रतिबन्द लगाएको प्रति चासो राख्दै भनिन्, ‘विश्वका अन्य देशमा पनि गाँजा छुट छ, यहाँ किन प्रतिबन्ध ? पशुपति क्षेत्रमा गाँजा रोक लगाउनु हुन्न ।’
पशुपति क्षेत्र विकास कोषले पशुपतिलाई दुव्र्यसनरहित क्षेत्र बनाउन गाँजा प्रतिबन्द गरेको छ । प्रतिबन्धसँगै शिवरात्रि लगायतका पर्वमा गाँजा सेवन गर्न पाइने छैन ।