साप्ताहिक संवाददाता
असार ११, २०७६
टाइगर श्राफकी रियल लाइफ प्रेमिका दिशा पटानी गत साता अचानक आदित्य ठाकरेसँग डिनर डेटमा देखिएपछि त्यसको तरंगले यतिबेला पूरा बलिउड नै झंक्रित भएको छ ।
आदित्य ठाकरे महाराष्ट्रको राजनीतिमा बलियो उपस्थिति जनाउने शिव सेना नामक राजनैतिक दलका संस्थापक बाल ठाकरेका नाति एवं अध्यक्ष उद्धव ठाकरेका छोरा हुन् ।
चढ्दो वैंशमा रहेका आदित्य शिव सेनाको युवा वाहिनी मोर्चाका अध्यक्ष पनि हुन् । बलिउड नायिका दिशा पटानीसँग उनको हिमचिम कहिलेदेखिको हो भन्ने विषयमा कुनै ठोस जानकारी नआए पनि यतिबेला भने टाइगर श्राफ निकै ट्रोल भैरहेका छन्, र ती ट्रोलमा भनिएको छ– टाइगर जिन्दा है ।