साप्ताहिक संवाददाता
असार १२, २०७६
सन् १९९४ को सुपरहिट चलचित्र मोहराको अक्षयकुमार र रविना टण्डनमाथि फिल्मांकन गरिएको सुपरहिट सिजलिङ हट गीत टिप टिप बरसा पानीको रिमेक गरिने भएको छ । यो गीतलाई निर्देशक रोहित सेट्टीले आफ्नो अपकमिङ चलचित्र सूर्यवंशीका लागि पुनः छायांकन गर्ने भएका छन् ।
पुनः छायांकन हुने यो गीत अक्षयकुमार र क्याट्रिना कैफबीच फिल्मांकन हुनेछ । स्मरणीय कुरा के छ भने अभिनेता अक्षयकुमार यो गीतको ओरिजनल भर्सन र रिमेक दुवैमा एउटै भूमिकामा हुनेछन् । अब हेर्नु छ यो गीतमार्फत् आफ्नो समयमा सेक्स सिम्बल बनेकी रविना टण्डनको त्यतिबेलाको क्रेजलाई क्याट्रिना कैफले भजाउन सक्छिन् कि सक्दिनन् ?