साप्ताहिक संवाददाता
अभिनेत्री बर्षा राउत नेपालकी लोकप्रिय अभिनेत्री हुन् । उनका धेरै चलचित्र सफल छन्, कतिपय चलचित्रले पानी माग्न समेत पाएनन् । त्यसो त सफल र फ्लप चलचित्र कलाकारको जिवनमा जो कसैले भोग्नैपर्छ ।
हामीले चलचित्रका बिषयमा कुरा गरेर विषयवस्तु अन्त मोड्न खोजेका होइनौं । सुन्दरता र अभिनयका कारण धेरैको नजरमा परेकी बर्षा राउतको विषयमा धेरै कुरा धेरैलाई थाहा छ । तर, एउटा कुरा भने भर्खरै मात्र बाहिरिएको छ । बर्षा राउतको दुबै हातका पाखुरामा काटिएको दाग भेटिएको छ । उनको हात कसरी काटियो ? कसले काट्यो ? किन काटियो ? अथवा कसरी यस्तो भयो ? त्यो कुराको रहस्य सायद बर्षालाई भन्दा अरुलाई पक्कै थाहा हुँदैन ।
प्रायजसो फुल बाहुलासहितको पहिरनमा देखिने बर्षा हालै एक अन्तरवार्तामा भने ‘स्लिभलेस’ ड्रेसमा उपस्थित भइन् । उक्त अन्तरवार्तामा उनको काटिएको हातको दाग राम्रोसँग देख्न सकिन्छ । यसअघि उनले अन्य अन्तरवार्तामा भने यस्तो पहिरनमा देखिएको भेटिन्न ।
उनको हातमा देखिएको दाग हेर्ने जो कसैले बर्षा आफैले आफ्नो हात काटेको अड्कल काट्न सक्छ । हालै उनले आफ्ना प्रेमी संजोग कोइरालासँग विवाह वन्धनमा बाधिएकी छन् । लामो समय अभिनेता तथा व्यवसायी संजोग कोइरालासँग प्रेममा रहेका बेला कतै बर्षाले आफ्नो हात काटेर प्रेमको तागत देखाउन खोजेकी त हैनन् ? अथवा यो दाग ‘बर्थमार्क’ जन्मजात पो हो कि ? कुनै एक्सिडेन्टमा परेर पो यस्तो भएको हो कि ? खास रहस्य के हो पछि खुल्दै जाला ।
एकपटक तपाइले भिडियो हेरेर अनुमान लगाउनुहोस् है त ?