हङकङ नेपाली महासंघले स्थापनाको २० औँ बर्षगाढ धुमधामका साथ सम्पन्न गरेको छ । कार्यक्रममा अग्रज कलाकार सुनिल थापा (राते काईला) सम्मानित भए । थापालाई कलाकारिताको माध्यमबाट नेपाली सिनेजगतमा निरन्तर दिएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो । महासंघले हरेक बर्ष बर्षगाढ मनाउदा राष्ट्रिय प्रतिभालाई सम्मानित गर्दै आईरहेको छ ।
याउमा तेई स्थित कम्युनिटी हलमा आयोजित कार्यक्रममा बर्ष भरिमा उत्कृष्ट कार्य गदै नेपाली समुदायमा विशेष योगदान पुर्याउने संस्था, महानुभावहरुलाई समेत सम्मानित गरियो । सम्मानित हुनेहरुमा सामाजिक सेवा तर्फ मैनबहादुर थापा, स्वास्थ्य सेवा तर्फ शोभा राई, शिक्षा तर्फ सन्जि गुरुङ, गोविन राना र सुप्रिया क्षेत्री, साहित्यतर्फ दाजु गुरुङ, खेलकुदतर्फ प्रविन विश्वकर्मा, जयनारायण चौधरी र यामबहादुर गुरुङ, ब्यापार ब्यवसायतर्फ कमलप्रसाद पौडेल, पत्रकारितातर्फ मगेन्द्र राई, कलाकारितातर्फ सुवास गुरुङ, गीत संगिततर्फ साक्थिम योङ्या र गिता पालुङ्वा, नृत्य तर्फ एलिजा गुरुङ, आकृति गुरुङ, श्रेया गुरुङ, पध्मा गुरुङ र स्मृति गुरुङ, सामाजिक संस्थाका सक्रिय सदस्यतर्फ तेह्रथुम मञ्चका अध्यक्ष देबेन्द्र खापुङ र महासंघका सक्रिय सल्लाहकार कुलप्रसाद गुरुङ थिए ।
यससँगै महासंघले संघमा आवद्ध विभिन्न ३३ संस्थाहरुलाई समेत सम्मानपत्र प्रदान गर्यो । कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधी, ब्यापारी, ब्यवसायी, विद्यार्थी लगायतको उल्लेख उपस्थिती थियो ।
२०औ बार्षिक उत्सवसगै संस्थाको जिम्मेवारी र कार्यक्षेत्र फराकिलो भएको अध्यक्ष टंक राना बताउँछन्, भन्छन् – ‘आगामी दिनमा हङकङमा रहेको नेपाली समुदाय र संस्थाहरुको छहारी बनि निरन्तर थप सामाजिक योगदानका कार्यहरु गरिरहन्छौ ।’