साप्ताहिक संवाददाता
असार २१, २०७६
गर्मीको पारो बढ्ने क्रममा अधिकांश स्विमिङ पुलमा राम्रै भीडभाड देखिन्छ । स्विमिङ पूलमा भीड बढ्न थालेपछि विभिन्न रमाइला कार्यक्रमहरू पनि आयोजना हुन थालेका छन् । यही मेसोमा पेप्सिकोलास्थित न्यू आराधना कला केन्द्रले अन्य केही जुम्बा सेन्टरको सहकार्यमा जुम्बा डान्स पार्टी नै सञ्चालनमा ल्यायो ।
पेप्सिकोलास्थित ब्लू हेभेन स्विमिङ पूलमा आयोजित हिट द पूल पार्टीमा बालबालिकादेखि वृद्धहरूसम्मले कम्मर मर्काए । कार्यक्रममा गायक सपन श्रेष्ठ, गायिका सोना अमात्य, मोडल पृज्मा श्रेष्ठ आदिले पनि सहभागिता जनाएका थिए ।
मोडल ईश्वर बल्लभ उप्रेतीले सञ्चालन गरेको उक्त डान्स पार्टीमा स्विमिङ पूल भित्रै नृत्य गराइएको थियो । यसअघि कोठाभित्र मात्र गरिने जुम्बा डान्सलाई पहिलो पटक स्विमिङ पूलमा प्रस्तुत गरिँदा सहभागीहरूले रमाइलो समेत माने ।