साप्ताहिक संवाददाता
बंगलादेश भलै यसपटकको विश्वकपको सेमिफाइनलमा पुग्न सकेन्, तर टिमको प्रदर्शन कमजोर पनि थिएन । अन्तिम चारमा पुग्न असफल रहेर पनि आलोचकको समर्थन पाउन सक्ने भाग्यमानी टिम रह्यो— बंगलादेश ।
चार वर्षअघिको विश्वकपमा पनि बंगलादेशको प्रदर्शन राम्रो थियो । विश्वकप खेल्नुअघि बंगलादेशी खेलाडी धेरै अर्थमा पीडादायक स्थितिबाट गुज्रिए । विश्वकप खेल्नुअघि बंगलादेशी टिम न्युजिल्यान्डमा थियो र त्यहाँ उनीहरू झन्डै–झन्डै अकल्पनीय आक्रमणको सिकार हुन पुगेका थिए । बंगलादेशी टिम न्युजिल्यान्डमा झएकै बेला क्राइसचर्चमा ठूलो आत्रमण भएको थियो ।
एक बन्दुकधारीले त्यहाँको मस्जिदमा अन्धाधुन्ध गोली चलाएका थिए र त्यसक्रममा धेरैको मृत्यु पनि भयो । त्यो घटना घट्ने बेला बंगलादेशी टिम त्यही मस्जिद जाने क्रममा थियो । यसले टिमका अधिकांस खेलाडी मानसिक तनावबाट गुज्रिन बाध्य भए । बंगलादेशी प्रशिक्षक स्टिभ रोड्सको शब्दमा— विश्वकप नहुँदो त त्यतिबेला खेलाडीहरूलाई सम्हाल्न गाह्रो थियो ।