साप्ताहिक संवाददाता
असार २५, २०७६
चलचित्र ‘म यस्तो गीत गाउँछु’ मार्फत जोडीका रुपमा पर्दामा देखा परेका कलाकार हुन् – पल शाह र पुजा शर्मा । पहिलो चलचित्रमानै दर्शकले रुचाएको यो जोडी पुनः पर्दामा दोहारिने भएको छ । चलचित्र ‘म यस्तो गीत गाउँछु–२’को शुभ मुहूर्त भएसँगै यो जोडी पुनः दर्शक माझ आउने पक्का भएको हो ।
चलचित्र ‘म यस्तो गीत गाउँछु–२’को मंगलबार गार्खाको मनकामना मन्दिरमा शुभ मुहूर्त गरिएको हो । सुदर्शन थापाको निर्देशनमा बन्ने यो चलचित्रको मुहुर्त सर्ट दिन चलचित्रका शिर्ष कलाकार पल शाह र पूजा शर्मा हेलिकप्टर चढेर गोरखा मनकामना मन्दिर पुगेका थिए ।
चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ फागुन २३ गतेबाट रिलिज योजना सहित चलचित्रको काम सुरु गरेको निर्माण पक्षले जनाएको छ । चलचित्र असोजबाट छायांकनमा जाने छ ।