साप्ताहिक संवाददाता
अभिनेत्री रेखा थापासँग एक दशकको सम्वन्धलाई पुर्णविराम दिएर एक्लो जिवन बिताइरहेका निर्माता छविराज ओझाले केहि समयपछि अर्की सुन्दर अभिनेत्रीलाई श्रीमती बनाए शिल्पा पोखरेललाई । ।
शिल्पासँग २०७३ तिरको दशैंमा सुटुक्क बिहे गरेका थिए, छविराजले । यद्यपी उनिहरुले उक्त सम्बन्धलाई लुकाइरहेका थिए । छविराजकै पुर्वपत्नी रेखा थापाले छविराजले विहे गरेको तर खुलासा नगरेको बताएपछि उनिहरुको बिहे भएको खबर एकाएक भाइरल भएको थियो ।
मिडियामा विभिन्न किसिमका गसिप, उनिहरुका अपुरा अभिव्यक्ती निरन्तर आइरहेपछि उनिहरुले केहि महिनाअघि मात्रै आफुहरुको विहे भएको स्विकार गरेका थिए । केहि बर्षयता छवि दशैंमा टिका लगाउन ससुराल जाने, शिल्पाको माइती पक्ष छविराजकोमा आउने लगायतका क्रियाकलाप हुँदै आएको थियो । उनिहरु पछिल्लो समय निरन्तर सार्वजनिक कार्यक्रममा एकसाथ उपस्थित हुने गरेका थिए ।
खटपट बढ्यो
उनिहरुले आफुहरुको सम्बन्धमा खटपट नरहेको संकेत गरिरहेपनि शिल्पा र छविराजबिच पछिल्लो समय खासै राम्रो सम्वन्ध नरहेको उनिहरु निकट व्यक्तीहरुको भनाई छ । पुतलीसडक–दरवारमार्ग लगायतका स्थानमा कफिको स्वादमा शिल्पाले यो सम्बन्धमा खासै मिठास नरहेको बताउँदै आएकी छिन् । उता छविराज आफ्ना बुढ्यौली साथिभाईहरुसँग पहिले जस्तो खासै नखुल्ने गरेको बताइन्छ ।
शिल्पाले मागिन् डिभोर्स
शिल्पा पोखरेलले सम्वन्धमा राम्रो हुन नसकेपछि छविसँग डिभोर्स मागेको चर्चा चल्न थालेको छ । उनिहरुका अति निकट व्यक्तीहरुका अनुसार यो सम्वन्ध कुनै हालतमा अगाडी बढ्ने वाला छैन । शिल्पाले पछिल्लो केहि समयदेखि छविसँग डिभोर्स मागिरहेकी छिन् तर छविले दिन खोजिरहेका छैनन् ।
ओझा विरुद्ध घरेलु हिंसाको उजुरी
निर्माता छविराज ओझा विरूद्ध पत्नी शिल्पा पोखरेलले घरेलु हिंसाको उजुरी दिएको चर्चा चलेको छ । शिल्पाले काठमाडौं प्रहरी परिसरमा ३ दिनअघि घरेलु हिंसाको उजुरी दिएको खवर सार्वजनिक भएको छ । उजुरीको विषयमा प्रहरीले छलफलका लागि उनीहरू दुबैलाई आज बुधबार दिउँसोका लागि परिसर बोलाइएको प्रहरीले जनाएको छ ।
लामो समयदेखि चलचित्र निर्माणमा व्यस्त पुराना निर्माता छविराजले शिल्पालाई चलचित्र ‘लज्जा’ बाट ब्रेक दिएका थिए । त्यसयता उनले छविको ब्यानरमा निर्माण भएको चलचित्र मंगलम, हवल्दार सुन्तली लगायतमा काम गरेकी छिन् ।
चलचित्रमा आउनुअघि शिल्पा म्युजिक भिडियोमा जमेकी थिइन् तर, चलचित्रमा आएपछि उनले सोचेजस्तो नभएको शिल्पाले केहि समय अघि संकेत गरेकी थिइन् । शिल्पा छविको चौथो श्रीमतीको रुपमा घर भित्रीएकी थिइन् । अब उनिहरुको यात्रा कसरी अगाडि बढ्छ त्यो भने हेर्न बाँकी छ ।