साप्ताहिक संवाददाता
बलिउडमा पछिल्लो केहि बर्षयता सिक्वेल तथा रिमेक चलचित्रको भिड छ । यस्ता किसिमका चलचित्रले राम्रो व्यापार गरेका छन्, दर्शकले मन पराएका छन् ।
हालै अक्षयकुमारको लिड रोल रहेको सुपरहिट चलचित्र भुल भुलैयाको सिक्वेल निर्माण हुने खबर बाहिरएको छ । अक्षय कुमार तथा विद्या बालन जस्ता स्टार्स अभिनित यो चलचित्रले वक्सअफिसमा दमदार व्यापार गरेको थियो । भुल भुलैया निर्माण भएको १२ बर्षपछि सिक्वेल निर्माण हुने पक्का भएको भारतीय मिडियाहरुले जनाएका छन् ।
२००७ मा रिलीज भएको उक्त सुपरहिट हरर कमेडि चलचित्रको सिक्वेलमा कार्तिक आर्यन समेत काम गर्ने भएका छन् । ताजा खबरअनुसार अनीस बज्मीको निर्देशनमा निर्माण हुने यो चलचित्रमा अक्षयलाई विशेष भुमिकामा देख्न सकिनेछ । तर, कार्तिक आर्यनको भुमिका के –कस्तो हुनेहो बताइएको छैन । भुल भुलैयालाई भने प्रियादर्शनले निर्देशन गरेका थिए । भुषण कुमार र क्रिशन कुमारले निर्माण गरेका थिए ।
हालसम्म यो चलचित्रको सिक्वेलका बारेमा निर्माण टिमले आधिकारिक घोषणा त गरेको छैन, तर श्रोतले भने निर्माण टिम घोषणाको अन्तिम तयारीमा रहेको जनाइएको छ । चलचित्रका लागि आवश्यक कलाकारहरुको छनौटको काम समेत भैरहेको बताइएको छ ।
चलचित्रलाई भुषण कुमारले निर्माण गर्नेछन् । हाल अक्षय रोहित शेट्टीको चलचित्र सुर्यवंशीको शुटिङमा व्यस्त छन् । सुर्यवंशीमा अक्षयसँग कैटरिना समेत देखिनेछिन् ।