साप्ताहिक संवाददाता
साउनमा अहिलेसम्म व्रत बसेको छैन । यसपालि पनि व्रत बस्ने सोच छैन । त्यसैले केही माग्ने कुरा पनि भएन ।
कुलेन्द्र विश्वकर्मा, गायक
म भगवान् शिवको भक्त हुँ । त्यसैले उहाँको नाममा व्रत बस्दा मनमा शान्ति प्राप्त । म भगवान् शिवसँग सुख, शान्ति एवं ऐश्वर्य आदि कुरा माग्छु ।
विमल अधिकारी, मोडल
आफ्नो नराम्रो बानी हटेर जाओस्, छोरी शुपला तथा श्रीमती यमुनालाई राम्रो होस्, बाको स्वास्थ्य सधैं राम्रो रहोस् भन्ने कामना गर्छु ।
भोलाराज सापकोटा, हास्यकलाकार
म साउनमा मात्र होइन अरू बेला पनि व्रत बस्छु, तर केही माग्ने उद्धेश्यले होइन । म आफ्नो स्वास्थ्य अनि आस्था र आत्मसन्तुष्टिका लागि व्रत बस्छु ।
करिश्मा ढकाल, मोडल
म व्रत नै बस्दिनँ ।
ऋचा शर्मा, अभिनेत्री
म व्रत बस्दिनँ अनि भगवान्सँग केही माग्दिनँ पनि ।
पूजा शर्मा, अभिनेत्री
व्रत बस्छु, तर यो नै पुरा गरिदिनुस् भनेर केही कुरा माग्दिनँ बरु आफ्नो अनि परिवारको भलो होस् भन्ने कामना गर्छु ।
बिनु शाक्य, मोडल
म व्रत बस्दिनँ, त्यसैले केही माग्दिनँ ।
सुरक्षा पन्त, अभिनेत्री
केही पनि माग्दिनँ, पूजा–आराधना मात्र गर्छु ।
सञ्चिता लुईँटेल, अभिनेत्री
नेपालमा प्रधानमन्त्रीको जोक्स सुनेर वाक्क भएँ, अमेरिकाको भिसा चाँडै लागोस् भनेर माग्थेँ नि ! के गर्नु दिँदैनन् महादेव बुढाले ।
धिताल चिरिच्याँट्ट, हास्यकलाकार
साउनको सोमबार म कुनै व्रत बस्दिनँ, त्यसैले केही माग्दिनँ ।
मलिका महत, अभिनेत्री
विवाह हुनुभन्दा पहिलेचाहिँ साउनको सोमबार निकै व्रत बस्थें, त्यतिबेला मेहेन्दी, हरियो चुरा आदि लगाउने रहरले पनि साउनको सोमबार व्रत बसिन्थ्यो । अविवाहित हुँदा राम्रो श्रीमान परोस् भनेर पनि भगवान् शिवसँग प्रार्थना गरिन्थ्यो, तर विवाहपछि भने आफ्नो परिवार र श्रीमानको सुख, शान्ति एवं दीर्घायुको कामना गर्छु ।
जुनु रिजाल, गायिका
साउनको सोमबार व्रत बस्दिनँ, साउनको सोमबार व्रत बस्नैपर्छ जस्तो पनि लाग्दैन । धर्म–संस्कृतिप्रति आस्था छ, तर भोको बसेर, मागे मात्र भगवान्ले दिनुहुन्छ भन्ने कुरामा विश्वास छैन ।
मिथिला शर्मा, अभिनेत्री
व्रत बस्दिनँ । अहिलेसम्म एकपटक मात्र साउनको सोमबार व्रत बसेको छु । त्यतिबेला केही माग्ने अभिलाषाले व्रत बसेको पनि होइन । अहिले पनि अरू व्रत बसेको देख्दा आफूलाई पनि बसूँ–बसूँ जस्तो लाग्छ तर, भोक खप्न सक्दिनँ ।
सौगात मल्ल, अभिनेता
व्रत बसेर केही माग्नै पर्छ भन्ने लाग्दैन । यो आफ्नो धर्म–संस्कृतिप्रतिको आस्थामात्र हो ।
रविना भन्डारी, मोडल
म व्रत बस्दिनँ र भगवान्सँग पनि केही माग्दिनँ । मलाई भगवान्प्रति आस्था छ, कहिलेकाहीँ मन्दिर जान्छु, बत्ती बाल्छु, घन्टी बजाउँछु, जसले आफ्नो मनलाई आनन्दित तुल्याउँछ ।
दिपेन्द्र के खनाल, निर्देशक
म व्रत नै बस्दिनँ ।
उपासनासिंह ठकुरी, अभिनेत्री
म साउनको हरेक सोमबार व्रत बस्छु । घरमा ममी र दिदी व्रत बस्ने भएकाले उहाँहरूलाई सजिलो होस् भनेर पनि व्रत बसेको हुँ, तर व्रत बसेर भगवान्सँग अहिलेसम्म केही मागेको छैन अब केही माग्नै पर्छ भने त्यो पनि मागौंला ।
मुकुन भुसाल, अभिनेता