साप्ताहिक संवाददाता
श्रावण ३, २०७६
हाइक फर नेपालले आयोजना गर्ने जगडोल—तारेभिर—सुन्दरीजल हाइकिङ भोलि शनिबार बिहानै सुरु भएर साँझ ५ बजे सम्पन्न हुनेछ । हाइकिङमा जान चाहनेले विहान ६ः४५ बजे भृकुटीमण्डपको प्रदर्शनी हल अगाडि आउनुपर्नेछ ।
पहिलो पटक हाइक फर नेपालमार्फत हाइकिङ जान चाहनेहरूले १ हजार १ सय ७५ र यसअघि नै हाइक फर नेपालमार्फत हाइकिङ गैसकेकाले ६ सय २५ रुपैयाँ शुल्क तिर्नुपर्ने बताइएको छ । उक्त शुल्क शिवपुरी नेशनल पार्कको प्रवेश शुल्क, टिसर्ट, टान्सपोर्टेसन, गाइड चार्ज तथा इमर्न्जेन्सीका लागि आवश्यक पर्ने फस्ट एड किटका लागि हो ।