साप्ताहिक संवाददाता
श्रावण ४, २०७६
वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले गाएका थुप्रै गीत लोकप्रिय छन् । श्रेष्ठले हास्य कलाकारिताका साथै सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै रेडियो कान्तिपुरले उनलाई यो महिनाको ‘सलाम ज्यूँदो इतिहासलाई’ मा प्रस्तुत गर्दैछ ।
रेडियो कान्तिपुरको स्टुडियोमा आज शनिबार बिहान ८ बजेपछि प्रारम्भ हुने ऊक्त कार्यत्रममा कलाकार श्रेष्ठका लोकप्रिय गीतहरू विभिन्न गायक–गायिकाले प्रस्तुत गर्नेछन् ।
यो कार्यक्रम मध्यान्ह १२ बजेसम्म रेडियो कान्तिपुरको तरंग तथा रेडियोको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुने बताइएको छ ।