साप्ताहिक संवाददाता
श्रावण ६, २०७६
आफ्नो अभिनयका कारण सदैव चर्चामा रहने आलिया भट्टको परिचय अब गायिकाका रुपमा समेत रूपान्तरण हुनेछ । आफ्ना पिता महेश भट्टले ९० को दशकमा बनाएको सफल चलचित्र सडकको सिक्वेल सडक–२ मा आलियाले चलचित्रको मुख्य भूमिकामा अभिनय गर्नुका साथै गीतसमेत गाउने छिन् ।
पहिलेको सडक वेश्यालयमा बेचिएकी युवतीहरूको कथामा आधारित थियो, जसमा संजय दत्त र आलियाकी दिदी पूजा भट्टले मुख्य भूमिकामा अभिनय गरेका थिए भने दोस्रो सडक डिप्रेसनको समस्याबाट गुज्रिरहेकी युवतीको प्रेममा आधारित हुने बताइन्छ ।
सडक–२ मा आलियासँगै आदित्य राय कपुर, संजय दत्त, पूजा भट्ट तथा महेश भट्टले समेत अभिनय गर्नेछन् ।