साप्ताहिक संवाददाता
यो स्वार्थी दुनियाँमा खोइ कसले माग्यो होला र ?
अर्जुन अधिकारी, निर्देशक
यो कुरा मलाई त त्यति थाहा भएन । मागेका होलान् कि ? ती माग्नेहरूलाई मैले नभेटेको पनि हुनसक्छ । व्रत बसेर माग्नेहरूलाई के अनुरोध छ भने व्रत बस्नुस् वा नबस्नुस् मलाई पाउन माया मात्र गरे पुग्छ । मायाको अगाडि सबै कुरा फिक्का हुन्छ ।
अर्जुन पोखरेल, संगीतकार
हेर्दा पनि र वास्तवमै ह्यान्डसम नै छु । मागे होलान् नि ।
भूपेन्द्र खड्का, सञ्चारकर्मी/गीतकार
साउनको व्रत बसी तिमीलाई मागेको छु भन्नेचाहिँ कोही भेटेको छैन । मनमनै मागेको भए त्यो मनको कुरा म कसरी जानूँ ।
अजय मल्ल ठकुरी, निर्माता
मैले बुझेसम्म कसैले पनि अहिलेसम्म मेरा लागि व्रत बसेको छैन । पछि हुन सक्छ, त्यसैले अर्को वर्षसम्म कुर्नुपर्ला ।
डा. विक्रान्त मेहता, गायक
माग्न त पक्कै मागेका होलान्, तर एउटीले मात्र मागिदिए हुन्थ्यो । धेरैले मागेर टावर जुध्यो भने यो साल पनि कुमार नै रहिएका कि भन्ने डर पो छ त !
सुरेशदर्पण पोखरेल, निर्देशक
मागेरै होला, उनको व्रत पूरा पनि भैसक्यो । दुई प्रसाद पनि पाइसकिन् उनले ।
शिवम् अधिकारी, लेखक/निर्देशक
भेटेर तपाईंलाई मागेको छु भनेको सुनेको छैन । अब मनमनै कसैले मागेको भए कसरी थाहा पाउनु ? फेरि साउनमा व्रत लिएर कसैलाई मागेपछि पाइन्छ नै भन्ने बडो गज्जबको विश्वास छ हाम्रो समाजमा ।
सन्तोष श्रेष्ठ, संगीतकार
मागेका होलान् नि, तर धेरैले मागे कि ? एकैचोटी धेरैको तानातानमा परियो जस्तो लाग्यो । त्यसैले कसैले पनि आफ्नो बनाउन सकेनन् ।
अविरल थापा, निर्माता
मलाई कसैले आफ्नो बनाईसकेको हुनाले मागेको चाहिँ नहोला, तर म जस्तो पाम्चाहिँ भनेका होलान् ।
सन्तोष सेन, निर्माता
सायद छैनन् । मागे हुन्थ्यो जस्तो लागेको मान्छे व्रत बसे बसेको मलाई थाहा छैन ।
भूपेन्द्र अधिकारी, सम्पादन
सायद छैनन्, किनभने यो जमानामा व्रत बसेकै राम्रो केटा पाइन्छ भन्ने विश्वास धेरैमा छैन । अहिले त अविवाहितभन्दा पनि विवाहित महिलाहरू आफ्नो पतिको लामो आयुका लागि व्रत बस्छन् ।
विकास लामिछाने, मोडल
पहिले एकजनाले मागेर लगिसकेको हुनाले अब माग्न नपाउलान् कसैले ।
गणेश न्यौपाने, गायक
विवाह नै भैसक्यो, अब कसले माग्छ होला र ? जसलाई मेरो विवाह भएको थाहा छैन, उनले माग्न सक्लिन् ।
गम्भीर विष्ट, कोरियाग्राफर/निर्देशक
हिन्दू धर्मअनुसार भएजति महिनामध्ये साउन महिनालाई अति उत्तम महिना मानिन्छ । साउनको सोमबार व्रत बस्दा महादेव जस्तो पति पाइन्छ भन्ने जनविश्वास छ भने महिलाहरू आफ्नो पतिको लामो आयु होस् भनी साउन महिनाका प्रत्येक सोमबार व्रत बस्छन । मलाई पनि मन पराउने युवती धेरै हुनुहुन्छ । कसै न कसैले मलाई पाऊँ भनी भगवान् शंकरसँग माग्नुभएकै होला ।
चिरञ्जीवी भण्डारी, गायक
आजकाल मन परेको मान्छे माग्न साउन कुरेर कोही व्रत बस्लान जस्तो लाग्दैन । यो साउने व्रत फेसनमात्र भएको हुँदा यो फेसनले मलाइ छोएको छैन कि भन्ने लाग्छ ।
जनकदीप पराजुली, निर्देशक
तेरा लागि व्रत बसेकी छु भन्ने अहिलेसम्म त भेटिएकी छैनन् । जो मेरी भैसकेकी छिन् उनी व्रत बस्दिनन् । उनी यस्तो व्रत बस्ने कुरामा खासै विश्वास पनि गर्दिनन् ।
अभिनाष घिसिङ, गायक
कसको मनमा कसरी पस्नु र ? मागेका पनि हुन सक्छन् तर यो कुरा व्रत बसेर पाइने होइन । जुनसुकै कुरा प्राप्त गर्न साधना चाहिन्छ । तै पनि हजुरले भेटाउनुभयो भने भन्दिनुहोला— दीपक शर्मा विवाहित हो है ।
दीपक शर्मा, संगीतकार
विगतमा त बसेको पाइनँ, तर यसपालिचाहिँ पक्कै बसेकी छिन् तर को ?
विधान कार्की, निर्देशक
पहिले–पहिले विवाह नगर्दासम्म अर्थात ठिटो हुँदा त कसैले मागेनन् । अहिले त विवाहित, त्यसमाथि झन अंकल भन्ने बेलामा कसले माग्ला र हौ ? माग्दैनन् भन्ने लाग्छ ।
देवीराम पराजुली (भोकलाग्यो), कलाकार
खोई हौं, मजस्तो च्वाँचेको अनुहार भा’को मान्छेका लागि व्रत बस्ने को होला र यो सुन्दर दुनियाँमा ?
विल्सनविक्रम राई, कलाकार
प्रत्यक्ष रूपमा चाहिँ थाहा पाएको छैन । अप्रत्यक्ष रूपमा हुनसक्छ ।
युवराज चौलागाईं, गायक
आफू त पहिले नै साउनको व्रत बसी वर मागेर प्राप्त गरेको पतिदेव परियो । अब यो सब देख्दादेख्दै अरु कसैले पक्कै माग्ने त कुरै भएन ।
डीपी खनाल, गीतकार