साप्ताहिक संवाददाता
शारीरिक सुगठन प्रतियोगितामा विगतको तुलनामा बढी स्पर्धा समावेश गरेर काठमाडौंमा सञ्चालन गरिएको १२ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालले उल्लेखनीय सफलता हात पारेको छ ।
यसअघिका प्रतियोगितामा शारीरिक सुगठन प्रदर्शनमा सीमित हुँदै आएकोमा यसपटकको प्रतिस्पर्धामा शारीरिक सुगठनलगायत जुनियर शारीरिक सुगठन, पुरुष फिटनेस फिजिक्स, पुरुष स्पोर्ट्स फिजिक्स, महिला एथलेटिक्स फिजिक्स, महिला एथलेटिक्स फिजिक्स तथा महिला मोडल फिजिक्स गरी १८ वटा विधा समावेश गरिएको थियो ।
दक्षिण एसियाका ८ मुलुकका १ सय ३० जना खेलाडीले सहभागिता जनाएको उक्त प्रतियोगितामा नेपालका तर्फबाट १८ पुरुष तथा ५ महिला खेलाडी सहभागी थिए, जसमा नेपालले ३ स्वर्ण, ७ रजत तथा ६ कांस्य जितेको थियो । नेपालका तर्फबाट ६५ किलोमा समीर श्रेष्ठले, पुरुष एथलेटिक्समा नरेश मुन्जिकारले तथा महिलाको मोडल फिजिक्समा मल्लिका शाक्यले स्वर्ण पदक हात पारे ।
तस्बिर : महेश प्रधान