साप्ताहिक संवाददाता
शुभदिन मिडिया एन्ड रिसर्च सेन्टरले नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्या पारेर मिस एन्ड मिस्टर हस्पिटालिटी नेपाल(२०१९ आयोजना गर्ने भएको छ ।
सरकारको नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भिर्त्याउने लक्ष्यलाई टेवा पुर्याउने मूल उद्देश्यका साथ यो प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाकी प्रमुख तथा मिस नेपाल २००५ सुगरिका केसीले बताएकी छिन् ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जनाइए अनुसार उक्त प्रतियोगिताको ग्राण्ड फिनाले साउन २४ गते शुक्रवार होटल अन्नपूर्णमा आयोजना गरिनेछ । ग्रान्ड फिनालेमा मौलिक खाना, पहिरन र भाषालाई प्रबर्द्धन गरिनेछ ।
नेपालको पर्यटन क्षेत्रको पहिचान, प्रवर्दन र प्रचार गर्ने, पर्यटकहरुलाई नेपालमा लामो समय बस्ने वातावरण सिर्जना गर्ने, होटल म्यानेजम्यान्ट हस्पिटालीटी क्षेत्रमा कार्यरत संस्थाहरुलाई एक ठाउामा ल्याउने, पर्यटन, होटल म्यानेजमेन्ट तथा हस्पिटालिटी क्षेक्रमा दक्ष जनशत्ति निमार्ण गर्ने, हस्पिटालिटीको क्षेत्रमा विश्वमाझ नेपाललाई चिनाउने उदेश्यले यो प्रतियोगिता आयोजना गरिएको हो ।
शुभदिन मिडिया तथा रिसर्च सेन्टर मुल आयोजक, होटल एसोसिएसन सह९आयोजक, नेपाल पर्यटन बोर्डको प्रबर्द्धन तथा अन्य शिक्षण संस्थाहरु, युवासाग सम्बन्धित ब्राण्डहरु, क्यान्सर केयर नेपाल, युनिभर्सल पिस फेडेरेसनलगायत संघसंस्थाको सहयोगमा यो कार्यक्रम आयोजना गरिएको हो ।
करिब डेढ महिनाअघिदेखि सुरु भएको यो प्रतिस्पर्धात्मक कार्यक्रममा काठमाडौं उपत्यका र उपत्यका बाहिरका जिल्लामा होटल म्यानेजमेन्ट र हस्पिटालिटी पढाइ हुने र तालिम दिने विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका छन् ।
जसमा विभिन्न चरण पार गर्दै देशभरबाट ५० जना प्रस्पिर्धीहरु ग्रान्ड फिनालेमा पुग्न सफल भएका छन् ।
यसबीचमा ग्रान्ड फिनालेमा पुग्न सफल ५० प्रतिस्पर्धीहरुलाई विभिन्न विषय विज्ञहरुले नेपालको पर्यटन, यसका सम्भावना र चुनौतीका विषयमा ज्ञान, पर्यटन क्षेत्रलाई कसरी बढी प्रबर्द्धन गर्न सकिन्छ भन्ने विषयमा सिकाइ, हस्पिटालिटी क्षेक्रका दक्ष जनशत्तिमा हुनुपर्ने गुण तथा नेतृत्व र क्षमता विकाससम्बन्धी प्रशिक्षण दिइएको थियो । प्रशिक्षण अवधिभर पनि मौलिक खाना, पहिरन र भाषलाई प्रबर्द्धन गरिएको थियो ।
मिस एन्ड मिस्टर नेपाल २०१९ मा महिला तथा पुरुषबाट एक–एक जना विजेता बन्नेछन् ।
विजेताले एक–एक लाख नगद पुरस्कार, होटल एसोसिएसन नेपालको सदभावना दूत, क्यान्सर केयर नेपालको सदभावना दूत, युनिभर्सल पिस फेडेरेसनको शान्ति दूत, एभरेष्ट फिल्म एकेडेमीबाट निशुल्क कोर्स, फ्लाई टेक इन्टरनेशनलबाट निशुल्क एयर होस्टेज तालिम पाउने छने भने उपविजेताले विभिन्न कलेज तथा ब्रान्डको ब्रान्ड एम्बेसेडर, नेपाल स्किन केयर सेन्टरको ब्रान्ड एम्बेसडर, टीभी, रेडियो तथा विभिन्न विज्ञानपनहरु मोडलिङ् गर्ने अवसर, भिजिट नेपालका विभिन्न कार्यक्रमहरुमा नजिकबाट काम गर्ने अवसर पाउने आयोजक संस्थाकी प्रमुख केसीे स्पष्ट परेकी छिन् ।