बेरोजगार भइन् आँचल

- साप्ताहिक संवाददाता

श्रावण १५, २०७६

केहि ठुला ब्यानरमा धमाधम काम पाइन् उनले । ति चलचित्रले राम्रै कमाए । निर्माता मख्ख परे । तर, सोहि चलचित्रकी मुख्य अभिनेत्री आँचल शर्माको भने खासै ठुलो चर्चा भएन । उनको अभिनयलाई कसैले मतलबै राखेन । खाली अभिनयका लागी मात्रै अभिनय गरेजस्तै भएको छ आँचलका लागी ।

केहि महिनाअघि एक अनौपचारिक गफमा आँचलले भनेकी थिइन्, ‘काम गर्नेहो भने चलचित्रको कुनै कमी छैन, एउटा छोड्यो अर्को चलचित्र आइहाल्छ ।’ तर सोचेजस्तो सधै कहाँ हुन्छ र ?

कहिलेकाहिँ फ्याट्टफुट्ट म्युजिक भिडियो खेलेपनि आँचलको हातमा हाल चलचित्र नपरेको बताइन्छ । त्यसो त २०७६ मा अघिल्ला बर्षमा जस्तो चलचित्र निर्माण भएका छैनन् । यसले गर्दा धेरै कलाकारहरु स्वभाविकै रुपमा कमै व्यस्त हुन्छन् । तर, आफुलाई नेपालको अब्बल अभिनेत्रीको रुपमा चिनाउन खोज्ने उनै आँचल अहिले काम बिहिन छिन् अर्थात फुर्सदिलो जिवन कटाइरहेकी छिन् ।

आखिर बोल्नुभन्दा अघि तिन पटक सोचे के हुन्छ आँचल ?

प्रकाशित :श्रावण १५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्