साप्ताहिक संवाददाता
श्रावण १६, २०७६
चितवनको गर्मी अनि स्वीमिङ पुल । यी दुईको सम्मिश्रण प्रिय नमान्ने सायदै होलान् । पौडिन नजाने पनि चिसो पानीमा डुब्नकै लागि पुग्नेहरूबीच नौलो किसिमको अक्वा जुम्बाप्रति आकर्षण देखिनु नौलो कुरा पनि होइन ।
यस्तै दृश्य देखियो नारायणढको सनसिटी होटल एन्ड बैंक्वेटको स्विमिङ पुलमा । चितवन डान्स सेन्टरले आयोजना गरेको अक्वा जुम्बा फिस्टामा रमाउनेहरूमा महिला तथा बालबालिका अधिक थिए । अक्वा जुम्बा गर्दा सबै जना पानीभित्रै बसेर नाच्छन् ।
फिस्टाका सहभागीहरूको उत्साह बढाउन प्रतियोगितात्मक खेलसमेत खेलाइएको थियो । अक्वा जुम्बा विभिन्न रोगका लागि थेरापीकै रूपमा प्रयोग हुन्छ । यो जुम्बामा पूरै शरीरको एक्सरसाइज हुन्छ ।