साप्ताहिक संवाददाता
मिस नेपाल वर्ल्ड– २०१९ अनुष्का श्रेष्ठ अमेरिकामा सम्मानीत भएकी छिन् । क्यालिफोर्नीयास्थित हिमालयन फाउन्डेशन क्रपले बिहीबार एक समारोहमा अनुष्कालाई सम्मान गरेको हो । सम्मानसँगै उनलाई ३८ सय डलर सहयोग रकम पनि प्रदान गरिएको छ ।
अनुष्का अहिले सिन्धुपाल्चोकको स्वरासिंह गाउँकामा रहेको चेलीबेटी बिचबिखन समस्या निर्मुल पार्न र त्यहाँको विकास निर्माण अभियानमा लागेकी छन् । अनुष्काको उक्त कार्यमा सहयोग गर्न आयोजक हिमालयन फाउन्डेशनका संस्थापक यज्ञलाल श्रेष्ठले मिस नेपाल अनुष्काको समाजसेवी भावनाको कदर गर्दै सम्मान गरिएको बताए । उनले अनुष्काको अभियानमा आगामी दिनमा पनि सहयोग गर्ने फ्रतिबद्धता ब्यक्त गरेका छन् ।
अर्न्तक्रिया कार्यक्रममा अनुष्काले आफू स्वरासिंह गाउामा रहेको बेरोजगारी समस्या हटाउन र त्यहाँका बालबालिकालाई पढ्ने वातावरण सृजना गर्न लागिरहेको बताइन् । जसलाई ठूलो रकम चाहिने भएकाले आफू अभियानमा लागेको अनुष्काले खुलाइन् ।