साप्ताहिक संवाददाता
रोयल इन्फिल्ड बाइकले मनसुन हेरिटेज राइड सम्पन्न गरेको छ । काठमाडौंको बालाजुबाट प्रारम्भ भएको उक्त राइड स्वयम्भू, सितापाइला, कलंकी, बल्खु, सानेपा, एकान्तकुना, जावलाखेल, पुल्चोक, ललितपुर दरवार स्क्वायर, ग्वार्को, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, रत्नपार्क, न्युरोड, वसन्तपुर, जमल, दरबारमार्ग, नागपोखरी हुँदै लाजिम्पाट पुगेर सम्पन्न भएको थियो । बिहान ८ बजे प्रारम्भ भएको उक्त राइडमा ३५ जना राइडरको सहभागिता थियो । करिब २८ किलोमिटरको दूरी पार गरेको उक्त राइडका रोड क्याप्टेन अनुज मल्ल थिए ।
उपत्यकाका विभिन्न स्थानमा भएका सांस्कृतिक सम्पदाहरूको प्रवर्द्धन गर्नुका साथै सडक सुरक्षाका सम्बन्धमा जनचेतना जगाउन यस प्रकारको कार्यक्रम आयोजित गरिएको विवेक अटोमोबाइल्सले बताएको छ । रोयल इन्फिल्ड ३५० सीसी गन मेटल ग्रे स्पोर्टी लुक, म्याट फिनिस, रियर डिस्क ब्रेक जस्ता विशेषतामा उपलब्ध छ ।