साप्ताहिक संवाददाता
फ्यान फलोइङ लोभलाग्दो छ । सार्वजनिक कार्यक्रममा केकी अधिकारीसँग सेल्फि खिचाउने धेरै छन् । सामाजिक सन्जालमा फलोअर्स राम्रो छ । उनका तस्विर, स्ट्याटसमा राम्रै कमेन्ट आउँछ । तर, के गर्नु उनले अभिनय गरेका चलचित्र हलमा लाग्दा दर्शकले पत्याउँदैनन् ।
केकीले फ्लप चलचित्र दिन थालेको धेरै भयो, यो क्रम अझै रोकिएको छैन । अस्ति शुक्रवारदेखि प्रदर्शन भएको चलचित्रको अवस्था पनि त्यस्तै भयो । कोशिश क्षेत्रीसँग काम गरेको चलचित्रको नाम थियो, रातो गलबन्दी । आइतबारसम्म त्यो चलचित्रको कुन हलमा लाग्या छ पत्तो छैन । चर्चा सेलाइसकेको छ । अधिकांश हलमा दर्शक छैनन् ।
म्युजिक भिडियोमा जमेकी केकीलाई धेरैले चलचित्रमा साइन गर्नुअघि प्रोजेक्ट हेरेर मात्रै साइन गर्न सुझाव दिने गरेका छन् । तर, केकीले आफ्नै गल्तीले प्रियंका कार्की जस्तो आफ्नो स्टारडम घटाइरहेकी छिन् । दर्शकका लागी सस्तो बनिरहेकी छिन् ।
यस्तै गल्ती गर्दै जानेहो भने के होला ? केकीले आफ्नै बारेमा १ मिनेट सोचे के हुन्थ्यो ?