करिश्मा : ए ! कता ?

- साप्ताहिक संवाददाता

श्रावण २१, २०७६

करिश्मा मानन्धरले हालै एसइई सकाइन् । पास पनि भइन् । अब ११ पढ्दैछिन् । केहि समयअघि भएको एक अनौपचारिक गफमा करिश्माले भनेकी थिइन्, ‘ढिला गरी रोकिएको अध्ययन सुरुवात् भएपनि अब रोकिने छैन ।’

करिश्मा केहि समयअघि आफु क्रियाशिल रहेको पार्टि संघिय समाजवादीबाट बाहिरिएकी छिन् । आफुले भनेजस्तो नभएको भन्दै उनले उक्त पार्टि छोडेकी हुन् । पार्टिमा आबद्ध हुने समयमा उनले अब नेपालमा नयाँ शक्तीको उदय हुने र अरु पार्टि विस्तारै पाखा लाग्ने दाबि समेत गरेकी थिइन् ।

यति मात्रै होइन, उनले डा. बाबुराम भट्टराई बाहेक अरु कसैसँग भिजन नभएको भन्दै भट्टराईको खुबै प्रशंसा समेत गरेकी थिइन् । उनि नेकपामा आबद्ध हुने चर्चा समेत चलेको छ । तर, करिश्माले आधिकारिक रुपमा यस विषयमा मुख खोलेकी छैनन् । उनको हातमा अहिले चलचित्र छैनन्, नयाँ दर्शकले त उनलाई चिन्दैनन् ।

निकै फुर्सदिलो जिवन कटाइरहेकी करिश्मालाई पछिल्लो समयका मेकर्सहरुले खासै लिएका छैनन् । फ्याट्टफुट्ट चलचित्रमा देखिएपनि दर्शकले त नोटिस गर्ने थिए । तर, न चलचित्र हातमा परेको छ न त कुनै पार्टिमा सहभागी भएर मिडियामा आउने बाटो बनेको छ । आफै चलचित्र बनाउने उनलाई हिम्मत आएको छैन ।  हाल नजिकका साथिभाईहरुसँग घुमघाम गर्ने, पार्टिमा पुग्ने, सेल्फी खिच्ने लगायतका काम गरेर उनको दैनिकी चलेको छ ।

कतिपयले त भन्ने गरेका छन्, करिश्माले पार्टि छोडेर झन् अलपत्र त परिनन् ?

प्रकाशित :श्रावण २१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्