साप्ताहिक संवाददाता
श्रावण २५, २०७६
बलिउडमा नयाँ–नयाँ कलाकारहरू आऊने क्रम निरन्तर चलिरहन्छ । यसै त्रममा जोडिएकी छिन् नेपालसँग सीमा जोडिएको विहारकी— प्रणति राय प्रकाश । पूर्व सैनिक अधिकृतकी छोरी प्रणतिलाई बलिउडका ख्यातिप्राप्त निर्देशक इम्तियाज अलिले आफ्नो अपकमिङ प्रोजेक्टका लागि साइन गरेका छन् ।
मिस इन्डिया–२०१५ मा सेमिफाइनलिस्ट तथा इन्डियाज टप नेक्स्ट मोडल–२०१६ की विजेता प्रणति राय प्रकाशले फेसन कम्युनिकेसनमा स्नातक गरेकी छिन् । आफ्ना सैनिक पितासँग भारतका थुप्रै सहर पुगेकी प्रणतिको शिक्षादीक्षा भारतका विभिन्न सहरमा भएकाले उनको व्यवहारमा सम्पूर्ण भारत झल्किने निर्देशक अलिले बताएका छन् ।
जानकारहरूका अनुसार प्रणतिले भारतका थुप्रै क्षेत्रीय भाषाहरूमा समेत दख्खल राखेकीले उनका लागि चलचित्रको करियरले सम्भावनाको नयाँ ढोका खोल्न सक्छ ।