मन पर्ने व्यक्ति राखी बाँध्न आए के गर्नुहुन्छ ?

- साप्ताहिक संवाददाता

श्रावण २७, २०७६

मन पराउने र मन पर्ने धेरै भेटिन्छन्, यदि कोहि खास छन् भने त बाँध्दिनँ, नत्र भने बाँध्छु । 

बिनु शाक्य, मोडल 

मसँग बहिनीहरूको कमी छैन, धन्यवाद पर्दैन भनिदिन्थें । 

अर्जुन तिवारी, छायाँकार 

अब आफूले मन पराए पनि उनीहरूले दाजुभाइ सोचेका छन् भने त बाँधिदिन्छु । 

बिनोद न्यौपाने, अभिनेता 

मेरो एउटा घटना त्यस्तै परेको छ, त्यसैले अहिले जो आउँछ उसलाई धन्यवाद बहिनी भन्दिने हो । 

दिनेश काफ्ले, हास्यकलाकार 

बिहे नै भैसके पछि त के फरक पर्छ र ? तैपनि हल्का अप्ठ्यारो त लाग्छ होला, तर विवाहित मान्छेले नाइँ भन्न पनि मिलेन । 

गम्भीर विष्ट, मोडल तथा कोरियोग्राफर 

म त केही नदेख्ने, केहि नसुन्ने हुन्छु होला । 

जेबिका कार्की, अभिनेत्री 

कुनै समस्या छैन, सजिलै दिदीबहिनी बनाउँछु । 

मुकुन भुषाल, अभिनेता 

राखी भनेको दाजु–बहिनी, दिदी–भाइको सुमधुर सम्बन्ध हो । यो पबित्र सम्बन्धप्रति गम्भीर भएर मात्र हात दिन्छु । 

हरि हुमागाईं, छायाँकार 

मेरो यो वर्ष जुठो परेको छ, राखी, टीका आदि केही लगाउनु हुँदैन भन्छु । 

कविर खड्का, अभिनेता 

मायाको अर्को प्रकार मानेर लगाइदिन्छु । 

अनुराग कुँवर, कलाकार

यो गर्न खोजेको के हो भनेर सोध्छु ।

आर्जेश रेग्मी, नाट्यकर्मी

सुरुमा त बेहोस भइन्छ होला । पछि उठेर हातमा एलर्जी आएको छ । डाक्टरले केहीले छुनु हुन्न भन्या छ भन्छु ।

विमल गौतम, गायक

म राखी मेरी बहिनीबाहेक कसैलाई बाँध्न दिन्नँ ।

विपिन आचार्य, संगीतकार

त्यो दिन ऐश्वर्या रायको फोन आए पनि उठाउन्न, कुरै खत्तम ।

दीपकराज गिरी, अभिनेता

हुँदैन, बरु बिहे गर्नु छ भने औंठी ल्याऊ भन्छु ।

डीबी बम्जन, कलाकार

हेर म तिमीलाई मन पराउँछु । राखीचाहिँ नबाधुम् है भन्दिन्छु ।

दीपक ओली, निर्देशक

उसलाई हँसाएर आनन्दले बस्छु ।

दुर्गिश थापा, निर्माता

मन परेकी युवती राखी बाध्न आए म त्यो प्रस्ताव अस्वीकार गर्छु, सरी भन्छु । तपाईं र म राम्रो साथी नै ठीक छौं भन्छु । 

हिमांशु रायमाझी, गीतकार

अहिलेलाई राखीलाई थाती राखौं भनेर काखी चैं च्याप्छु होला ।

हरि पन्त, निर्माता

मजाले बाँधिदिन्छु । किनभने मलाई राखी लगाउन असाध्यै मनपर्छ । मैले गायक प्रताप दासको ‘लेखें एउटा गीत’मा राखी बाधिदिएको कथामा भिडियो पनि बनाएको छु ।

केदार धिताल, म्युजिक भिडियो निर्देशक

सुरुमा आश्चर्यचकित हुन्थें । माइती र चेलीको सुमधुर सम्बन्धप्रति आदर प्रकट गर्दै राखी बाध्न आउने युवतीलाई चेली मानेर ग्रहण गर्छु ।

दीपक बराइली, गायक

तिम्रो भाग्यमा यस्तै रहेछ । के गर्छौ त लौ अब विवाहेत्तर सम्बन्ध राख्नुभन्दा राखी बाध्नु ठीक भन्छु, अनि नाडी दिन्छु ।

लोकराज अधिकारी, गीतकार

उसको खुसी नै मेरो खुसी हो भनेर राखी बाँधी हग गरेर पठाइदिन्छु

दुर्गा खरेल, गायिका

मन पराउनुको अर्थ धेरै तरिकाबाट बुझ्न सकिन्छ । जस्तै आफुले कस्तो नजरले मन फराइएको व्यक्ति हो र त्यो व्यत्तिले कस्तो नजरले नजिक हुन् वा अर्कोलाई हेर्छ त्यसमा भर पर्ने कुरा हो । कहिलेकाहीँ आफूले मात्रै मन पराएको र उसको मनमा आफूले सोचेजस्तो नभएको हुनसक्छ । त्यो अवस्थामा दाजुभाइ, दिदीबहिनीको पवित्र नाताले जोडिएर एउटा असल मित्रता कायम सकिन्छ वा आफूलाई एकदमै अप्ठ्यारो लागे राखी नबाँध्न पनि सकिन्छ ।

कृष्ण काफ्ले, गायक

उनीले मलाई दाइ वा भाइका रूपमा सम्बन्ध बनाउन चाहेपछि मैले नाइँ भन्न मिल्दैन नि । दृष्टि र कोण आ–आफ्नै हुन्छ ।

चेतन सापकोटा, संगीतकार

बेहोस् भएको नाटक गर्थें ।

मनिषा पोखरेल, गायिका

रक्षा बन्धनजस्तो भावनात्मक अनि आत्मीय कुरा जो कसैले सजिलै मनाउन पाउँदैन । यस्तो अवसरमा मन परेकी युवयुवती हुन् वा अरु कोहि आफ्नो दाजुभाइ सम्झी राखी बाध्न आउनुहुन्छ भने म आफूलाई भाग्यमानी र गौरवान्वित महसुस गरी हाँसी–हाँसी तयार हुनेछु ।

दिव्य सुवेदी, छायाँकार

प्रकाशित :श्रावण २७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्