साप्ताहिक संवाददाता
श्रावण २८, २०७६
काठमाडौं
भिषा रिजेक्ट भएको केहि घण्टामै सन्दीप लामिछानेलाई बोलाएर अमेरिकी दूतावासले भिसा दिएको छ । मंगलबार बिहान दूताबासले सन्दीपको आवेदन अस्विकार गरेको थियो ।
उक्त घटनाले आफु निशब्द भएको भन्दै परराष्ट्रमन्त्री, परराष्ट्रमन्त्रालय र हेल्लो सरकारलाई मेन्सन गर्दै सन्दीपले ट्विट गरेका थिए । हेल्लो सरकारले तुरुन्तै प्रतिक्रिया दिएर सम्वन्धित पक्षलाई जानकारी गराइएको बताएको थियो ।
सन्दीपको भिषा रिजेक्ट भएको भन्दै चौतर्फी हल्ला भएपछि क्रिकेटर लामिछानेलाई दुतावासले तिन घण्टामै बोलाएर फेरी अन्तरवार्ता लिएको थियो । उनले क्यारेबियन प्रिमियर लिग खेल्नका लागी अमेरिकाको भिसा आवेदन दिएका थिए । यद्यपी क्यारेबियन लिग अमेरिकामा हुने छैन, उनि अमेरिका हुँदै उक्त स्थान जान खोजेका थिए ।