साप्ताहिक संवाददाता
साहित्यकार विज्ञता कार्की पाँचौ कृतिका साथमा बजारमा आएकी छिन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर कृति ‘आँचलको आगन’ निबन्ध संग्रह प्रकाशन गरेकी हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले सो पुस्तक सार्वजनिक गर्दै उनलाई जन्मदिनको शुभकामना दिएका थिए । लेखक कार्कीले आफ्नो १८ औँ जन्मदिनको अवसर पारेर पाँचौ कृति सार्वजनिक गरेकी थिइन् । ‘आँचलको आागन’ मा विद्रोहको भाव र सामाजिक न्यायको चर्चा गरिएको छ ।
कार्यक्रममा मन्त्री भट्टराईले भने, ‘कला, संस्कृति र साहित्यिक क्षेत्रबाट अनेक जातजाति, भाषा, धर्म एकतामा बाध्नुपर्छ । लेखक कार्कीजस्ता साहित्यिक व्यक्तिले साहित्यमार्फत एकताको सन्देश दिनुपर्दछ ।’ उनले सो कार्यक्रममा बोल्दै २० बर्ष मुनिका किशोर लेखकहरुलाई ध्यानमा राखेर संस्कृति मन्त्रालयले पुरस्कार राख्ने घोषणा समेत गरे ।