• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सेलिब्रेटी
सेलिब्रेटी
बलिउडमा हास्यरसको परम्परा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

बलिउडमा हास्यरसको परम्परा
भाद्र ३, २०७६

चलचित्र भन्नेबित्तिकै मनोरन्जन बुझिन्छ । मनोरन्जनका लागि हास्यरसलाई महत्त्वपूर्ण पाटो मानिन्छ । विगत १ सय वर्षभन्दा बढी समयदेखि मानिसहरूलाई मनोरन्जन दिंदै आएको बलिउड चलचित्र उद्योगले हास्यरसको बिंडो पनि थाम्दै आएको छ । पहिलो बलिउड चलचित्र सार्वजनिक भएको झन्डै ४० वर्षपछि मात्र बलिउडमा पहिलो हास्यरसले युक्त चलचित्र निर्माण भएको थियो । अमिय चक्रवर्तीले निर्देशन गरेको तथा मदनमोहनको संगीतको देख कबिरा रोया हास्यरसमा निर्माण गरिएको पहिलो बलिउड चलचित्र मानिन्छ । सन् १९५७ मा सार्वजनिक भएको उक्त चलचित्र प्रेमको खोजीमा रहेका तीन जना साथीहरूको कथामा आधारित थियो । 

देख कबिरा रोयापछि सन् १९५८ मा महान् गायक किशोरकुमारले आफ्नै कथा, पटकथा, संगीत तथा निर्देशनमा चलचित्र चल्तीका नाम गाडी निर्माण गरे । खासमा बलिउडमा हास्य चलचित्रको जग यही चलचित्रमार्फत् बसेको थियो । यो चलचित्र प्रदर्शन भएको झन्डै १० वर्षपछि प्रदर्शनमा आएको पडोसनलाई बलिउडले निर्माण गरेको अहिलेसम्मकै उत्कृष्ट हास्य चलचित्र मानिन्छ । किशोरकुमार, सुनिल दत्त तथा सायरा बानोले मुख्य भूमिका निर्वाह गरेको पडोसन अहिलेका हास्य चलचित्रका लागि पनि मुख्य आधार मानिंदै आएको छ । यो लिजेन्ड्री चलचित्रले नै भारतीय दर्शकहरूमा हास्यरसको स्वाद बसाएको थियो । त्यसयता लगभग हरेक वर्षजसो एक–दुईवटा हास्य चलचिक्र बन्ने त्रम चल्यो । यस्ता हास्य चलचित्रमा नयाँपन ल्याउने काम निर्देशक ऋषिकेश मुखर्जीले गरे । 

सन् १९७५ मा प्रदर्शित मुखर्जीको चुपके चुपकेलाई शिष्ट शैलीको उत्कृष्ट हास्य उत्कृष्ट चलचित्र मानिन्छ । धर्मेन्द्र, अमिताभ बच्चन, जया भादुडी, शर्मिला टैगोर जस्ता कलाकारले अभिनय गरेको यो चलचित्र सौम्य हास्यका लागि अझै पनि हेरिन्छ । ऋषिकेश मुखर्जीको यो परम्परा गोलमाल, अंगुर जस्ता चलचित्र हुँदै अघि बढेको थियो । हिन्दी चलचित्रमा हास्यरसको अर्को परम्परा सुरु गर्ने श्रेय साई परान्जपेलाई जान्छ । मध्यमवर्गीय भारतीय परिवारको समस्यालाई हास्यरसको चास्नीमा डुबाएर प्रस्तुत गर्ने परान्जपेले सन् १९८१ मा निर्माण गरेको रोमान्टिक कमेडी चस्मे बद्दु यो विधाको अर्को लिजेन्ड्री चलचित्र हो । 

उता सत्तरीको दशकमा हिन्दी चलचित्रमा एक्सन नायकका रुपमा उदाएका अमिताभ बच्चन खासमा हास्य चरित्र निर्वाह गर्न रुचाउँछन् । चलचित्रमा आफ्नो एंग्री यंग म्यानको छविका विपरीत बच्चनले थुप्रै चलचित्रमा हास्यरस प्रस्तुत गरेका छन् जसमा सत्ते पे सत्ता, शराबी तथा नमकहलाल सबैभन्दा अगाडि छन् । मुख्य नायकले नै कमेडियनको भूमिका निर्वाह गर्ने अभिताभ बच्चनको यो परम्परालाई पछि गोबिन्दाले पछ्याए । निर्देशक डेबिड धवनसँग गोविन्दाको जोडीले जोडी नम्बर १ देखि कुली नम्बर १ सम्म दर्जनौं हास्य चलचित्र दियो । ती चलचित्रले आफ्नो समयका खुंखार खलनायक शक्ति कपुरलाई पनि हास्य कलाकारमा परिवर्तन गरिदियो । 

यसैगरी पछिल्लो पुस्तामा आमिर खानले हास्यरसलाई जीवन्त राख्ने प्रयत्न गरेका छन् । उनको अन्दाज अपना अपना, ईश्क, थ्री इडियट, पिके जस्ता चलचित्रलाई समीक्षकहरूले हास्य चलचित्रकै श्रेणीमा राखेका छन् । आमिर खानलाई पछ्याउनेमा अक्षयकुमार अगाडि छन् । मानिसहरू उनका पछिल्ला चलचित्र हेराफेरी, फिर हेराफेरी, प्याड म्यान, हे बेबी, भुलभुलैया आदि चलचित्र हास्यरसकै लागि दोहोर्‍याई तेहोर्‍याई हेर्न बाध्य भए । 

मुख्य धाराका अभिनेताहरूमध्ये हास्यरसको चलचित्रमा अभिनय गर्ने कलाकारमा संजय दत्त, अनिल कपुर, सलमान खानजस्ता कलाकार पनि अग्रपंक्तिमै आउँछन् । संजय दत्तको मुन्ना भाई सिरिजका चलचित्र, अनिल कपुरको नो इन्ट्री, वेलकमजस्ता चलचित्र, अजय देवगणको हाउसफुल र गोलमाल सिरिजका चलचित्र पनि हास्यरसकै लागि पटक–पटक हेरिन्छ ।

चरित्र भूमिकाका उस्तादहरू

प्रारम्भमा हिन्दी चलचित्रमा मुख्य कलाकारहरूले कमेडी गर्न हिचकिचाएको अवस्थामा त्यस्ता चलचित्रका निर्देशकहरूले हास्य कलाकारका लागि छुट्टै भूमिका लेख्न लगाउँथे । त्यस्ता भूमिकामा देखिने ती हास्य कलाकारले कालान्तरमा हिन्दी चलचित्रको हास्य विधालाई निकै धनी बनाए जसमा सबैभन्दा अगाडि जोनी वाकर छन् ।

कुनै बेला हिन्दी चलचित्रलाई सफल बनाउनमा जोनी वाकरको भूमिका अपरिहार्य मानिन्थ्यो । जोनी वाकरको यो परम्परालाई कालान्तरमा मेहमुद, असरानी, जगदिप, कादर खान, जोनी लिभर, परेश रावल, राकेश वेदी, राजपाल यादव जस्ता कलाकारले अघि बढाए । अहिले हिन्दी चलचित्रमा मुख्य अभिनेताहरूले नै हास्य अभिनय गर्न थालेपछि यस्ता सहायक कलाकारहरूको भूमिका गौण हुँदै गएको छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सेलिब्रेटी
नातावादले निम्त्याएको डिप्रेसन

अनिल यादव

वैशाख ८, २०७७

सेलिब्रेटी
टिकटकमा छोरीसँग रमाउँदैं हिमानी

वैशाख ८, २०७७

सेलिब्रेटी
फुर्सदमा टिकटकः लक डाउनपछि बढ्दो क्रेज

कृष्ण आचार्य

वैशाख ८, २०७७

सेलिब्रेटी
‘डन्डीफोर आउँदा खुसी लाग्यो’

राधिका अधिकारी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik