साप्ताहिक संवाददाता
भाद्र ४, २०७६
कान्तिपुर दैनिकमा कार्यरत पत्रकार तथा लेखक दामोदर न्यौपाने नयाँ पुस्तकका साथमा बजारमा आएका छन् । उनले पछिल्लो पटक सार्वजनिक गरेको बालकथा संग्रह ‘हाडको डोको’मा चित्रकथालाई प्रस्तुत गरिएको छ ।
चित्रकथामा आधारित यो पुस्तक बाल मनोविज्ञानमा आधारित छ । पुस्तकमा डोको देखेको तर यो केबाट बन्छ भनेर थाहा नपाएका एक बालकको कथा छ । यसमा चित्र प्रदिप बहिङ राईले कोरेका छन् ।
यस अघि उनले ट्यालेन्ट शो बालचित्र कथा लेखेका थिए । उनका कर्म : सिकाइमा गहिरिएको खाडल, स्वर्णीम समय, स्कुल बेच्न बालक जस्ता बालमनोविज्ञानमा आधारित पुस्तक सार्वजनिक भएका छन् ।
पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो । न्यौपानेको यो छैठौं पुस्तक हो भने बालकथाको चाहिँ दोस्रो हो । पुस्तकको मूल्य १०१ रहेको छ ।