साप्ताहिक संवाददाता
बलिउड चलचित्रका प्रशंसकहरू आफूले रोजेका अभिनेता–अभिनेत्रीहरूले एउटै चलचित्रमा काम गरुन् भन्ने चाहना राख्छन् । फ्यानहरूको यस्तो चाहनाअनुसार त्यहाँका निर्माताहरू पनि त्यस्तै कलाकारहरूको जोडी बाँधेर चलचित्र बनाउँछन् ।
रमाइलो कुरा त के छ भने आफ्नो समयका अब्बल अभिनेता सलमान खान र अब्बल अभिनेत्री दीपिका पादुकोणले अहिलेसम्म कुनै चलचित्रमा स्त्रिन सेयर गरेका छैनन् । बलिउड सूत्रका अनुसार निकट भविष्यमा उनीहरू एउटै चलचित्रमा देखिने सम्भावना पनि छैन, किनभने सलमान खानले व्यक्त गरेको एउटा विचारपछि दीपिकाले सलमान खानलाई नरुचाएको बताइन्छ । आफ्नो उक्त चर्चित विचारमा सलमान खानले डिप्रेसनबाट पीडित मानिसहरूका बारेमा नकारात्मक टिप्पणी गरेका थिए ।
स्मरणीय छ, दीपिका पादुकोण कुनै बेला डिप्रेसनको सिकार भैसकेकी छिन् । यो विषयमा दीपिका भन्छिन्, डिप्रेसनको स्थितिबाट गुज्रिनु कुनै ठूलो कुरा होइन । त्यस्तो स्थितिमा मानिसले मायाको खोजी गर्छ, घृणाको होइन ।