साप्ताहिक संवाददाता
भाद्र ११, २०७६
अर्जुन कपुर र मलाइका अरोडाको रोमान्सको खबरले बलिउडको गसिप बजार दिनहुँ तात्छ । केही साताअघि मात्र इन्डोनेसियाको बालीमा गोल्डेन टाइम बिताएर आएका अर्जुन र मलाइका बीच खटपटको कुनै समाचार नआए पनि अर्जुन कपुर भने यतिबेला कटरिना कैफलाई पछ्याउन थालेका छन् ।
केही दिनयता अर्जुनले कटरिनाको इन्स्टाग्राममा आफ्ना कमेन्ट लगातार पोस्ट गर्न थालेका छन् । ती पोस्टमा अर्जुनले कटरिनाको लवाइ–खवाइदेखि हाउभाउसम्ममा टिप्पणी गरेको पाइन्छ । उता रणवीर कपुरसँग ब्रेकअप भएयता सिंगल रहेकी कटरिनाले अर्जुनबाट हुने ट्रोललाई रमाइलोका रूपमा लिंदै अर्जुनलाई लिफ्ट दिइरहेको संकेत दिएकी छिन् ।