साप्ताहिक संवाददाता
चलचित्र पत्रकार संघ, नेपालले हिजो बुधवारदेखि पोखरामा तीन दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ आयोजना गरेको छ । कार्यशालालाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली तथा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठे उद्घाटन गरेका हुन् ।
नेपाल पर्यटन बोर्डको सभा हलमा प्रारम्भ भएको कार्यशाला भोलि शुक्रवारसम्म सञ्चालन हुने छ । कार्यशाला उद्घाटन गर्दै मन्त्री लम्सालले नेपाल भ्रमण वर्ष २०२० लाई चलचित्र पत्रकारिता कार्यशालाले सहयोगी भूमिका निर्वाह गर्न सक्ने बताए ।
कार्यशालाका लागि काठमाडौंबाट ८० जना चलचित्र पत्रकारहरु पोखरा पुगेका छन् भने चितवन, हेटौडा आदि शाखाबाट पनि एक दर्जन पत्रकारहरु सहभागि छन् ।
कार्यशालामा पत्रकार आचार संहिता, निष्पक्ष पत्रकारिता, मिडिया सम्बन्धि कानुन, चलचित्र, समिक्षा, डिजिटल पत्रकारिता, चलचित्र पत्रकारिता, पर्यटन, फोटो तथा मल्टिमिडिया आदि विषयमा प्रशिक्षण दिइन चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दीप सापकोटाले जनाएका छन् ।