साप्ताहिक संवाददाता
भाद्र २०, २०७६
एसियन म्युजिकको आधिकारिक युट्युब च्यानलबाट तीन साताअघि प्रसारण प्रारम्भ भएको वेब सिरिज ‘ट्वान्टी फस्ट लभ’ (सिजन अफ लभ–२) ले दर्शकको मन जितेको छ । यसअघि उक्त सिरिजको पहिलो सिजनलाई पनि दर्शकले मन पराएका थिए ।
विभोर पोखरेलद्वारा निर्देशित उक्त वेब सिरिज युवा दर्शकहरूको रोजाइमा परेको छ । युवापुस्ताको प्रेम सम्बन्धमा केन्द्रित उक्त सिरिजको दोस्रो सिजन अन्तर्गत हालसम्म चारवटा श्रृंखला प्रसारण भैसकेका छन् । प्रत्येक शनिबार युट्युबमा अपलोड हुने उक्त सिरिजको पाँचौं श्रृंखला भोलि प्रसारणमा आउँदैछ ।
उक्त सिरिजमा कविता आले, अनुष्का अधिकारी, संयोग गुरागाईं, स्नेहा पौडेल, रिजन थापा, फिरोज बस्नेत, स्मृति श्रेष्ठ आदि कलाकारले अभिनय गरिरहेका छन् ।