साप्ताहिक संवाददाता
भाद्र २५, २०७६
भारतीय क्रिकेटका जानकारहरूका लागि केएल राहुल भारतीय क्रिकेटका ओपनर ब्याट्सम्यान हुन् । तिनै राहुल यतिबेला भारतीय चलचित्रको गसिप बजारमा नयाँ स्टारका रूपमा देखिएका छन् ।
अहिलेसम्म निधि अग्रवाल नामकी दक्षिण भारतीय चलचित्रकी अभिनेत्रीसँगको रोमान्समा रमाइरहेका राहुल यतिबेला सुनिल सेट्टीकी छोरी आथिया सेट्टीसँगको रिलेसनमा रहेको चर्चाले बलिउड तातेको छ ।
कुनै बेला अर्जुन कपुरसँग नाम जोडिएकी आथिया सेट्टीले गसिप बजारको यो समाचारप्रति कुनै प्रतिक्रिया दिएकी छैनन् भने राहुल यतिबेला भारतीय क्रिकेट टिमसँग वेस्ट इन्डिजको भ्रमणमा छन् ।