पुच्छरमा भैंसीलाई हल्लाउन सक्ने तागत हुँदैन

- संकलक : जीवन भट्टराई

आश्विन १, २०७६

 

धेरै नै लागिपरेर खोजी र छानबिनपछि खडानन्दका छोराको विवाह भयो ।

खडु पत्नी : मलाई त नाति चाहिन्छ है छिट्टै ।

बुहारी : किन त्यस्तो हतार आमा, हतार नै लाग्या भए नाति नै लिएर आइदिन्थें नि, घरमै छाडेर आएकी छु नि त ।

२०४५ तिर खडानन्दले एउटा आवासीय माध्यमिक विद्यालय चलाएका थिए । १० कक्षाका विद्यार्थीको गुनासो ।

विद्यार्थी : सर बिजुली गैरहन्छ, त्यही भएर पढ्नै पाइँदैन ।

खडानन्द : पख्, म केही बन्दोबस्त गर्छु ।

विद्यार्थी : बिजुली बत्तीको हो सर ?

खडानन्द : होइन, एसईई सर्टिफिकेटको ।

खडानन्द पत्रिका पसलमा गए ।

खडानन्द : भाइ मलाई पत्रिका देऊ त ।

पसले : नेपाली पत्रिका दिऊँ कि अंग्रेजी दिउँm दाइ ?

खडानन्द : जुन दिए पनि हुन्छ भाइ, मलाई समोसा पोको पारेर घर लैजानु छ ।

जीएफ : तिमी चुरोट खाँदारैछौ अनि ।

खडानन्द : चुरोट त तिम्रा बुबाले पनि त खानुहुन्छ नि ।

खडानन्द कक्षामा पढाउँदै ।

खडानन्द : भन् त बिर्खे, भैंसीले किन पुच्छर हल्लाउँछ ?

बिर्खे : पुच्छरमा भैंसीलाई हल्लाउन सक्ने तागत हुँदैन त्यसैले भैंसीले नै पुच्छर हल्लाउँछ सर ।

खडानन्द र जीएफ पार्कमा बसेर गफ गरिरहेका थिए ।

खडानन्द : खोइ तिम्रो मोबाइल हेरुम त ।

जीएफ : भो पर्दैन, किन र ?

खडानन्द : यसो हेर्न मात्र हौ (खडानन्दले जबरजस्ती मोबाईल लिएर आफ्नो नम्बर डायल गरे)

मोबाइलको स्क्रिनमा देखाइरहेको थियो : रिचार्जवाला दाजु

खडानन्दको विवाह भा’को एक महिना चौध दिन भा’को थ्यो, हरिबोलसँग भेट भयो ।

हरिबोल : ओए खडु, तेरो पहिलेकी जीएफलाई पनि देखेको थिएँ त तेरो विवाहमा ।

खडानन्द : हो त यार, आएकी थिइ रे, ६ महिना अघिसम्म तिम्लाई पाइन भने बिष खान्छु भन्थी, मेरो विवाहभोजमा ३ पिलेट पुलाउ, ४ कचौरा मटन, १० वटा पकौडी, ४ डाडु अचार, २० वटा पानीपुरी र दुइटा आइसक्रीम खाएर गइ रे ।

जहिल्यै फेसबुकमा चुट्किला लेख्ने खडानन्दको भेट हरिबोलसँग भयो ।

हरिबोल : के हो यार, हिजोआज त तेरो जोक्स देख्दिन त ?

खडानन्द : धेरै फेसबूक चलायो भनेर आमाले मलाइ डिजिटल सजाय दिनुभो यार ।

हरिबोल : के भन्छ ? कस्तो हो यो डिजिटल सजाय भनेको ?

खडानन्द : ल्यापटप आँगनमा ल्याएर पाहा भ्यागुतो पछारेजस्तो पछार्दिनुभो, मोबाइल र चार्जर लुकाइदिनुभो ।

बरण्डामा राखिएको गमला खडानन्दकी पत्नीको गल्तीले फुट्यो । त्यही निहुँमा झगडा भयो ।

खडु पत्नी : तिम्रै गल्तीले हो, त्यो गमला राखेकै ठाउँ गलत थियो ।

खडानन्द : हो त, भइगो त अब, मैले सम्झिसकें त, आजभन्दा ठ्याक्कै छ वर्षअघि मैले त्यो गमला गलत ठाउँमै राख्या रै’छु भनेर मैले स्वीकारिसकें त ।

प्रकाशित :आश्विन १, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×