साप्ताहिक संवाददाता
आश्विन ३, २०७६
भोलि गायक नवीन के. भट्टराई तथा गिरीश खतिवडाले भक्तपुरको सिपाडोलमा हुने समर फेस्टमा प्रस्तुति दिँदै छन् । कार्यक्रममा लाइभ म्युजिकका साथै फुड स्टल, स्वीमिङलगायत विभिन्न खेलको मज्जा लिन पाइनेछ ।
बाग्मती क्लबद्वारा आयोजित कार्यक्रमको प्रवेश शुल्क ५ सय छ भने ५ वर्षमुनिका बालबालिकाले नि:शुल्क प्रवेश पाउनेछन् । फेस्टिभल बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म चल्ने बताइएको छ ।