साप्ताहिक संवाददाता
आश्विन ३, २०७६
अभिनेत्री स्वस्तिमा खड्का यतिबेला बिदा मनाउन म्यान्मार पुगेकी छिन् । सामाजिक सञ्जालमा उनले म्यान्मारका रमणीय लोकेसनमा खिचाएका तस्बिरहरू अपलोड गरिरहेकी छिन् ।
तिहारपछि छायांकनमा जाने चलचित्र चपली हाइट–३ को घोषणा कार्यक्रमलगत्तै उनी म्यान्मार उडेकी हुन् ।
इन्स्टाग्राममा उनले आफू म्यान्मारमा काम तथा होलिडेका लागि पुगेको उल्लेख कुरा गरेकी छिन् । इन्स्टाग्राममा स्वस्तिमाले अपलोड गरेका तस्बिरले हजारौं लाइक पाएका छन् ।