साप्ताहिक संवाददाता
आश्विन ९, २०७६
नेपाली खेलकुद इतिहासमै खेलेरै सबैभन्दा बढी कमाउने नाम अब पक्कै पनि सन्दीप लामिछाने कै हुनेछ । उनले एकपटक फेरि अष्ट्रेलियाको टी–ट्वान्टी क्रिकेट प्रतियोगिता बिग बास खेल्ने निश्चित भएको छ । चाँडै उनले मेलबर्न स्टारसँग नयाँ अनुबन्ध गर्ने भएका छन् ।
पोहोरको प्रतियोगितामा उनले राम्रो गरेको हुनाले यसपटक पनि मेलबर्नले सन्दीपसँग नयाँ अनुबन्ध गर्न लागेको हो । अब प्रश्न उठ्छ, नयाँ अनुबन्धअनुसार उनले कति पारिश्रमिक पाउनेछन् ? यस विषयमा आधिकारिक रूपमा केही बताइएको छैन, तर सन्दीपसँग निकटस्थहरूको कुरा मान्ने हो भने उनको पारिश्रमिक १ लाख डलरको हाराहारीमा हुनेछ । भने पछि लामिछाने वर्तमान समयमा खेलेरै सबैभन्दा बढी कमाउने नेपाली खेलाडी हुने पक्का छ ।