साप्ताहिक संवाददाता
आश्विन ९, २०७६
दन्यू रोमान्टिक तथा द पर्फेक्ट डेट जस्ता चलचित्रमा अभिनय गरेर चर्चा कमाएकी हलिउड अभिनेत्री क्यामिला मेन्डिजले आफू न्युयोर्क युनिभर्सिटीमा अध्ययरत रहँदा एक जना परिचितले नै आफूलाई लागूपदार्थ खुवाएर यौन शोषण गरेको खुलासा गरेकी छिन् ।
मेन्डिजका अनुसार त्यतिबेला उनी टिनएजमै रहेको र उनलाई लागु पदार्थका बारेमा खासै जानकारी नभएको हुँदा उक्त घटनाको शिकार हुनु परेको थियो । अमेरिकी टेलिभिजनको टिनएजर ड्रामा रिभरडेलकी मुख्य पात्र मेन्डिजको उक्त ड्रामाको चौथो सिजन आगामी साता प्रारम्भ हुँदैछ ।
उक्त टेलि ड्रामाका अघिल्ला तीन सिजनमा पनि मेन्डिज नै मुख्य पात्र थिइन् ।