साप्ताहिक संवाददाता
आश्विन ११, २०७६
दसैंको अवसर पारेर आज शनिबार रविभवन स्थित पर्यटन होटेल ब्यवस्थापन प्रतिष्ठान र असोज १५ गते बुधवार बनेपास्थित उग्रेश्वर मन्दिरमा रेस्लिङ प्रतियोगिता हुने भएको छ । हिमालय टाइगर प्रो रेस्लिङ एसोसिएसनद्वारा आयोजित उक्त प्रतियोगितामा रोयल रम्बल, सिंगल महिला/पुरुष म्याच, ट्याग टिम (पुरुष), ह्यान्डी क्यापका साथै मुख्य भिडन्तहरू हुनेछन् ।
यो रेस्लिङमा पुरुष रेस्लर हिमालयन टाइगर, स्कोरपीअन, अजिंगर, मिस्टर यति, बाबाबुई, कोब्रा, बावुसाप, वारियर, साइनाइटका साथै महिला रेस्लर युनिका तथा जुरेलीले सहभागिता जनाउनेछन् । यो कार्यक्रम दिउँसो साढे १ बजे प्रारम्भ हुने बताइएको छ ।