साप्ताहिक संवाददाता
आश्विन १२, २०७६
यही वर्षको प्रारम्भतिर प्रदर्शनमा आएको सफल चलचित्र गलीब्वाइले भारतका तर्फबाट ९२ औं एकेडेमिक (ओस्कार) अवार्डमा बेस्ट इन्टरनेसनल फिचर फिल्म क्याटेगोरीमा औपचारिक प्रवेश पाएको छ । गलीब्वाइ यस्तो सम्मान पाउने भारतको पहिलो व्यवसायिक चलचित्र भएको बताइन्छ ।
मुम्बईको चर्चित स्लम एरिया धारावीका युवाहरूको कथामा आधारित यो चलचित्रले ८० करोड रुपैयाँको निर्माण बजेटको तुलनामा २ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो । रणविर सिंह तथा आलिया भट्टले अभिनय गरेको यो चलचित्रको निर्देशन जोया अख्तरले गरेकी थिइन् ।