साप्ताहिक संवाददाता
आश्विन १३, २०७६
यो वर्षको सर्वाधिक सफल हलिउड चलचित्र एभेन्जर्स : द इन्ड गेममा त्यसका मुख्य पात्र आइरन म्यानको हत्या गरिएको थियो । त्यसपछि आइरन म्यानका प्रशंसकहरू निराश भएका थिए । यद्यपि अब त्यही आइरन म्यानलाई मार्बल सिनेम्याट्रिक युनिभर्सले आफ्नो २४ औं चलचित्र ब्ल्याक विडोमा ब्युँताउने भएको छ ।
क्याप्टेन अमेरिका : सिभिल वार चलचित्रको कथा जहाँ टुंगिएको थियो त्यहीँबाट ब्ल्याक विडोको कथा सुरु हुने बताइएको छ । ब्ल्याक विडोमा स्कार्लेट जोहान्सन (ब्ल्याक विडोको शीर्ष भूमिकामा) तथा रावर्ट डाउनी जुनियर (आइरन म्यानको भूमिकामा) बीचको द्वन्द्वलाई ब्ल्याक विडोको जिन्दगीको व्याख्यासँगै देखाइनेछ । यो चलचित्र मे २०२० मा सार्वजनिक प्रदर्शनमा आउने बताइएको छ ।