• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
नेपालीहरू निकै  फेसनेबल छन्
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

जनक तिमिल्सिना

नेपालीहरू निकै  फेसनेबल छन्
आश्विन १४, २०७६

नेपाली फेसन उद्योगमा परिचित नाम हो– तेन्जिङ छेतेन भुटिया । गान्तोक, सिक्किमका भुटियाले सन् २००५ मा बेंगलुरुस्थित नेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीबाट ग्राजुएसन गरेका हुन् । एक दशकभन्दा बढी समयदेखि नेपाली फेसन डिजाइनिङमा सक्रिय भुटियाले नेपालका चर्चित सेलिब्रेटीहरूका लागि फेसन डिजाइन गरिसकेका छन् । सन् २०१२ मा चलचित्र भिसा गर्लमा काम पाएपछि भुटिया क्रिएसनमार्फत फेसन डिजाइनिङमा सक्रिय तेन्जिङ भारतको जुम टिभीबाट प्रसारित रियालिटी शो लेट्स डिजाइन सिजन–२ का फाइनलिस्टसमेत हुन् । भुटियासँग नेपाली फेसन उद्योग, नेपालीहरूको पहिरन शैली लगायत विविध विषयमा केन्द्रित साप्ताहिकका लागि जनक तिमिल्सिनाले गरेको कुराकानी : 

नेपाली फेसन उद्योगलाई कसरी हेर्नुहुन्छ ? 

नेपाली फेसन उद्योगमा अहिले थुप्रै डिजाइनरहरू समर्पित हुनुहुन्छ । त्यसमा विदेशमा गएर नाम कमाएका डिजाइनरहरू पनि हुनुहन्छ । बेलायत, अमेरिकाजस्ता अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली फेसन डिजाइनरहरू अगाडि छन् । त्यसले नेपाली उद्योग र नेपाली बजारमा पनि राम्रो असर पारेको छ । सन् २००९–१० तिर मैले आफ्नो करिअर सुरु गर्दा अहिलेको जस्तो अवस्था थिएन, डिजाइनरहरू पनि एकदमै कम थिए । 

नेपालमा फेसन संस्कृति पनि बढिरहेको छ । यसको प्रमुख कारण के होला ? 

इन्टरनेटका कारण अहिले जे कुरा पनि ग्लोबलाइज भएको छ । अहिले जे मा पनि सजिलै एक्सेस छ, जुन पहिले गाह्रो थियो । अहिले स्मार्टफोनको सहज उपलब्धताले एकै पटक सबै कुरामा पहुँच पुग्ने भएको छ । अहिले आफूलाई चाहेको कुरा खोज्न कम्प्युटर खोलिरहनुपर्ने बाध्यता पनि छैन, फोनमै सबै कुरा देखिन्छ । स्मार्टफोनले फेसन उद्योगलाई पनि स्मार्ट बनाएको छ । त्यसको प्रभाव फेसन उद्योगमा पर्नु स्वभाविक हो ।

नेपालीको किनमेल शैली कस्तो पाउनुभएको छ ? 

विश्वव्यापीकरणसँगै किनमेल शैली पनि बदलिइरहेको छ । अहिले हामीले इन्टाग्राम, फेसबुकबाट आफ्ना डिजाइन बुष्ट गर्न पाइरहेका छौं । त्यसमा विदेशमा बस्ने नेपालीहरूको राम्रो पहुँच छ । नेपाली फेसन डिजाइनरका डिजाइन नेपालमै आएर हेर्नुपर्ने बाध्यता छैन् । संसारको जुनसुकै कुनाबाट पनि हाम्रा डिजाइन हेर्न सकिने भएको छ । इन्टरनेट तथा सामाजिक सन्जालहरूले सम्पर्कलाई पनि सहज बनाइदिएका छन् । नेपालीको किनमेलमा पनि त्यही हिसाबले परिवर्तन देखिएको छ ।

नेपाली फेसन डिजाइनहरूका धेरैजसो ग्राहक विदेशका नेपाली हुन् ? 

काठमाडौंमा २० हजार रुपैयाँ तलब थापेर हाम्रो फेसन पछ्याएर साध्य हुँदैन । काठमाडौंलगायतका केही मुख्य सहरमा लाख रुपैयाँभन्दा माथि तलब थाप्नेहरूले डिजाइनर कहाँ गएर पहिरन बनाउने वा किन्ने सामथ्र्य राख्छन् । त्यो संख्या निकै थोरै छ । त्यसैले हाम्रा बढीजसो ग्राहक विदेशमा भएका नेपालीहरू नै हुन् । 

मूल्यका हिसाबले औसत कतिदेखि कतिसम्मका डिजाइन बेच्नुहुन्छ ? 

म सस्तोमा १५ हजार रुपैयाँदेखि अधिकतम डेढ लाख रुपैयाँसम्मको पहिरन तयार गर्छु । हामी दुलहीका लागि ब्राइडल वेयर पनि बनाउँछौं, जुन केही महँगो हुन्छ । त्यसको झन्डै डेढ लाख रुपैयाँसम्म पर्छ । मेहनत धेरै पर्ने भएकाले हाम्रा कामदारले नै धेरै पैसा लान्छन् । 

नयाँ पुस्ताले पहिरनमा कसलाई पछ्याइरहेको देख्नुहुन्छ ? 

नेपाली युवाहरूले विदेशी सेलिब्रेटीलाई एकदमै पछ्याउँछन् । जस्तो किम कार्दशियनको परिवार नै छ, केन्डल जेनर फेसनका रोलमोडल नै हुन् । त्यसबाहेक भारतीय अभिनेता/अभिनेत्रीहरूलाई पछ्याउँछन् । नेपालका सेलिब्रेटी, अभिनेता/अभिनेत्री तथा मिस नेपालहरूलाई पनि पछ्याइन्छ, उनीहरूजस्तै देखियोस् भन्ने इच्छा राखिन्छ । उनीहरूलाई धेरै पछ्याउनेहरू उनीहरूको पहिरन हेर्छन् । उनीहरूलाई जस्ताको तस्तै पछ्याउन नसके पनि प्रयास भने गरिरहेका हुन्छन् ।

नेपालीहरू कस्तो पहिरन रुचाउँछन् ? नेपालका महिला तथा पुरुषले धेरै रोज्ने पहिरन कुन हो ?

पहिरनको छनौट कस्तो अवसरमा प्रयोग गर्ने हो भने त्यसमा भर पर्छ । नेपालीहरू विवाहको अवसरमा पश्चिमा शैलीको पहिरन लगाउँदैनन् । विवाहमा अधिकांशलाई चाहिने लेहेङगा र चोली नै हो । अझ धेरैजसोले लगाउने साडी नै हो । अन्य इभेन्ट तथा फेसन शोहरूमा वान पिस वा लङ गाउन लगाउँछन् । इभेन्ट तथा ठाउँ हेरेर पोसाक छनौट गरिन्छ । फाइभ स्टारमा इभेन्ट छ भने त्यहीअनुसार पहिरन लगाउँछन्, पार्टी प्यालेसमा हो भने त्यही अनुसार लगाइन्छ भने कार्यालय जाँदा त्यहीअनुसार लुगा लगाइन्छ । नेपाली महिलाहरू लेहेङ्गा, स्कर्ट, ब्लाउज, सलहरू एकदमै बढी किन्छन् । पुरुषहरू प्रिन्ट टिसर्ट, सेतो, कालो र नीलो स्ट्राइप सर्ट, नर्मल क्याजुअल पोसाक, क्याजुअल कोट तथा पाइन्ट बढी रुचाउँछन् । धेरैजसो युवाले वेस्टर्न आउफिट प्रयोग गर्छन् । युवतीहरूले स्कर्ट तथा वान पिस रोज्छन् । 

नेपालीहरू फेसनप्रति कति सचेत देखिन्छन् ? 

एकदमै सचेत छन् । नेपालीजस्तो फेसनेबल दुनियाँमा प्राय: कमै ठाउँमा हुन्छन् । विदेशीलाई भन्दा नेपालीलाई लुगा लगाउनमा खास चासो र रहर छ । विदेशमा कसले के लगाइरहेको छ, नेपालमा कसले के लगाइरहेको छ, नेपालीहरूले खुब चासो लिन्छन् । नेपालीहरू खर्च धान्न नसक्ने अवस्थामा सस्ता, नक्कल गरिएका पहिरन किनेर भए पनि फेसनलाई पछ्याउँछन् । 

पहिरन छनौट गर्दा कुन–कुन कुरामा ध्यान दिनुपर्छ ? 

पहिरन छनौट मानिसको रहरअनुसार हुन्छ । मानिसहरू आफूलाई सुहाउँछ कि सुहाउँदैन भनेर विचार गर्दैनन् । सामान्यत: आफूलाई जुन रंगको पहिरन लगाउन मन छ, त्यही रंगको पहिरन किन्छन्, तर त्यसरी पहिरन छनौट गर्नु हुँदैन, पहिरन किन्दा पहिले त आफ्नो जिउ हेर्नुपर्छ । आफू कस्तो देखिन्छु ? मोटो छु कि दुब्लो छु ? मोटो हुनु नराम्रो कुरा होइन, तर, मोटो मानिसलाई कस्तो पहिरन सुहाउँछ, ख्याल गर्नुपर्छ । त्यसैगरी मानिस होचो छ कि अग्लो छ, अग्लो छ भने उसलाई जुन पहिरन सुहाउँछ, होचो छ भने त्यो नसुहाउन सक्छ । हामीले डिजाइन गर्दा होचो मान्छेलाई कसरी अग्लो देखाउने, मोटो मान्छेलाई कसरी दुब्लो देखाउने, दुब्लो मान्छेलाई कसरी मोटो देखाउने त्यसमा ध्यान दिएर पहिरन तयार गर्छौं । 

शरीरको ढाँचाअनुसार पहिरन छनौट गर्न सकिन्छ ?

हिजोआज युवाहरू नीलो र सेतो स्ट्राइपका सर्ट लगाइरहेका छन्, त्यस्तो सर्ट लगाउँदा भर्टिकल स्ट्राइप लगाउने हो भने त्यसले मानिसलाई अग्लो देखाउँछ । होरिजेन्टल लाइन भएको पहिरनमा दुब्लो मानिस मोटो देखिन्छ । त्यसकारण पहिरन किन्दा त्यसमा प्रयोग भएका लाइनहरू, त्यसको रंग आदिको पनि ख्याल गर्नुपर्छ । प्राय: युवतीहरू पहिरन छान्दा भन्छन्— कालो लगायो भने दुब्लो देखिन्छ, सेतो लगायो भने मोटो देखिन्छ, त्यो रिफ्लेक्सन मात्र हो । हामीले यसमा पनि एकदमै ध्यान दिनुपर्छ ।

छालाको रंगअनुसार कसरी पहिरन छनौट गर्ने ? 

गोरो मान्छेलाई रंगको छनौटमा खासै समस्या हुँदैन । गोरो मान्छेलाई जस्तो रंग भए पनि सुहाउँछ । हल्का गहुँगोरो वा गाढा गहुँगोरो मानिसले अलि गाढा रंगको पहिरन लगाउनुपर्छ । जस्तो नीलो रंग मन पर्छ भने हल्का नीलो प्रयोग नगर्ने, गाढा नीलो प्रयोग गर्ने । रातो मन पर्छ भने गाढा रातो प्रयोग गर्ने । नेपाल तथा भारतका मानिसले चर्को रंग प्रयोग गर्दा नराम्रो त देखिने होइन, तर त्यस्तो पहिरनमा कतिपय अवस्थामा आत्मविश्वास, हिँडाइ, शारीरिक बनावटजस्ता कुराले पनि प्रभाव पारिरहेको हुन्छ । सेलिब्रेटीहरू जे लगाए पनि आत्मविश्वासी देखिन्छन्, त्यसैले जे लगाए पनि वाउ भन्ने हुन्छ तर सर्वसाधारणमा त्यस्तो हुँदैन । 

नेपालमा कस्ता मानिसले फेसन डिजाइनर कहाँ पुगेर पहिरन तयार गराउँछन् ? 

अपर क्लासकाहरू, बिजनेसम्यानहरू आउँछन् । बैकका उच्च अधिकारी, म्यानेजरहरू, होटल क्षेत्रमा काम गर्ने जो म्यानेजियल तहमा हुन्छन् उनीहरू, मार्केटिङ म्यानेजरहरू, व्यवसायीहरू तथा सेलिब्रेटीहरू आउँछन् । प्रायजसो आफूलाई स्मार्ट देखाउनुपर्नेहरू फेसन डिजाइनर कहाँ वा बुटिकमा पुगेर पहिरन किन्छन् । 

नेता तथा खेलाडीहरू कत्तिको आउँछन् ? 

राजनीतिकर्मी तथा खेलाडीहरू फेसनतिर खासै जाँदैनन्, किनभने उनीहरूको झुकाव अर्कैतिर हुन्छ । खेलाडीहरू स्पोर्टवेयरतिरै आकर्षित हुन्छन् । नाइकीको एयर सुज आयो भने त्यो उनीहरूले लगाउनै पर्छ, तर उनीहरू फेसनतिर जाँदैनन् । नेताहरू पनि फेसनेबल देखिनुपर्ने हो तर नेता भन्नेबित्तिकै ठूलो विवाद हुन्छ, किनभने मानिसहरू भन्छन्— नेताहरूले पैसा खान्छन्, घूस खान्छन्, भ्रष्टाचार गर्छन् । यस्तो स्थितिमा उनीहरूले डिजाइनरले बनाएका आकर्षक पोसाक लगाउन थाले भने ए यसले त पक्कै खायो होला डिजाइनरको यस्तो महँगो डिजाइन लगाएर हिड्छ भनिन्छ । त्यसकारण नेताहरू सादा लुगा लगाएर आफूतिर कसैले औला नउठाउने वातावरण तयार गर्छन् । 

नेपालमा अहिलेसम्म कतिसम्म महँगो लुगा बिक्री भएको पाउनुभएको छ ? 

नेपालमा त्यस्तो लाखौं–करोडौं पर्ने पहिरन बिक्री हुन्छ जस्तो लाग्दैन । विदेशमा भने करोडौंका पहिरन पनि तयार भैरहेका हुन्छन्, जुन नेपालीका लागि पत्याउनै गार्‍हो छ । एक पटक डियोरको एउटा लुगा, जसको डिजाइन जोन गालियानोले गरेका थिए, त्यसको मूल्य १ लाख ५० हजार डलर थियो । त्यो पैसामा त नेपालमा घरै किन्न सकिन्छ । नेपालमा त धेरैमा धेरै ४–५ लाख रुपैयाँसम्मको पहिरन बेचिन्छ होला, त्यो पनि दुलहीको ब्राइडल वेयर ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik