साप्ताहिक संवाददाता
आश्विन १५, २०७६
पूर्व पोर्नस्टार मियाँ खलिफा यतिबेला आफ्नो सामान्य जीवनमा रमाइरहेकी छिन् । अमेरिकी पत्रकार तथा लेखक मेगन एबोटलाई दिएको पछिल्लो अन्तर्वार्तामा खलिफाले आफू पोर्न स्टार हुँदाको तथ्य उल्लेख गरेकी छिन् । उक्त तथ्यअनुसार ५ वर्षअघि पोर्न चलचित्र उद्योगलाई बाईबाई गरेकी खलिफाले उक्त उद्योगमा जम्मा ३ महिना मात्र बिताएको बताएकी छिन् ।
सन् २०१४–१५ मा पोर्न चलचित्रमा काम गरेकी खलिफाले त्यस अवधिमा जम्मा १२ हजार डलर मात्र कमाउन सकेको खुलासा गरेकी छिन् । यसअघि हिजाब लगाएर पोर्न चलचित्रमा अभिनय गरेको भन्दै कट्टरपन्थी मुस्लिम संगठनहरूको धम्की खेप्न बाध्य खलिफाले त्यसपछि नै पोर्न चलचित्र त्यागेको हल्ला चलेको थियो । पत्रकार एबोटले उनको जीवनमा आधारित पुस्तकका लागि उक्त अन्तर्वार्ता लिएका हुन् ।